मुसलमान र बौद्ध धर्मीबीचको झडपपछि श्रीलंकामा संकटकाल घोषणा

Everest Fuji News २०७४ फाल्गुन २३ मा प्रकाशित       Published at 2018 Mar 07


एजेन्सी । बौद्ध धर्म मान्नेहरुले मस्जिद लगायत मुसल्मान समुदायको व्यवसायिक क्षेत्रमा हमला गरेपछि श्रीलंकाको सरकारले संकटकाल घोषणा गरेको छ । केन्डी शहरबाट सुरु भएको हिंसापछि सो स्थानमा कर्फ्युसमेत लगाइएको थियो । बौद्ध धर्म मान्ने सिनहाला मानिसहरुले एक मुससमानको पसलमा आगो लगाइदिएपछि विवाद सुरू भएको स्थानीय संचार माध्यमले बताएका हुन् । तर आगलागीका कारण ध्वस्त भएको भवनबाट २४ वर्षीय मुसल्मान युवकको शव फेला परेपछि घटना झन गम्भीर बन्दै गइरहेको बताइएको छ । त्यसैले बदलाको भावनामा घटनाले ठूलो हिंसा निम्त्याउने डर भएपछि सरकारले १० दिन सम्मका लागि संकटकाल लागू गराउने निर्णय लिएको मन्त्री मानो गनेसनले बताएका हुन् । सरकारले अहिले नै उचित कदम नउठाए अन्य शहरमा पनि हिंसा फैलने सम्भावना भएकाले चाँडो भन्दा चाँडो विवाद सुल्झाउने प्रयास भइरहेको उनले बताए । एक साताअघि केही मुसलमानहरूमाथि अधिकतम जनसङ्ख्या रहेको सिनहाला धर्मका एक युवकको हत्या गरेको आरोप लगाइएको थियो । त्यसै समयदेखि दुई समूहबीच तनाव सुरू भएको बताइन्छ । दुई करोड दश लाख जनसङ्ख्या रहेको श्रीलंकामा ७० प्रतिशत बौद्ध धर्म मान्नेहरू रहेका छन् । त्यसैले पनि सन् २०१२ देखि नै त्यहाँ धर्मलाई लिएर थुप्रै कठिनाइहरू देखा परिरहेको बताइन्छ । सिनहाला समुदायले लामो समयदेखि मुसलमानहरुमाथि जबरजस्ती धर्म परिवर्तन गराउन खोजिरहेको र बौद्ध मठहरूमा पनि क्षति पुर्याएको आरोप लगाउँदै आइरहेको छ । यसैबीच पछिल्लो दुई महिनामा मात्र मुसलमान विरुद्ध २० भन्दा बढी हिंसात्मक घटना बाहिर आएको बताइएको छ । बुद्ध धर्मलाई विश्वभर शान्तिका लागि चिनिने भएपनि श्रीलंकामा भने मुसल्मानका विरुद्ध हिंसाको सहायता लिइरहेकामा सरकार र ठूल्ठुला धर्मावलम्बीहरुले समेत चिन्ता व्यक्त गरिरहेको बताइएको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.