एजेन्सी– सेलिब्रेटीहरू आरामदायी जीवन बिताउने कुरा कुनै नौलो विषय होइन्। तरपनि तपाईलाई अचम्म लाग्न सक्छ, उनीहरूको दिनचर्या सुनेर। त्यसैले आम मानिसलाई उनीहरूको जीवन शैलीलाई लिएर बढी उत्सुक्ता हुने गर्छ।
सेलिब्रेटीहरूको कमाई मात्र कलाकारिताबाट हुँदैन्। उनीहरूले पनि अन्य व्यवसायी झै विभिन्न पेशा व्यबसाय अंगालेका हुन्छन्। यसैले उनीहरूको सम्पत्ति दिन दुई गुणा र रात चौगुनाको हिसाबले बढिरहेको हुन्छ। यसमध्ये पनि ५ अभिनेता यस्ता छन्, जसको सम्पत्ति सुनेर जिब्रो काट्ने धेरै छन्। यी धनाढ्य अभिनेता हुन्
१.
जेरी सेनफिल्ड
चर्चित अमेरिकी हाँस्य कलाकार जेरी जेरी सेनफिल्डको सम्पत्ति ८५ करोड अमेरिकी डलर छ। उनी विश्वकै धनी अभिनेताको सूचीमा अग्रस्थानमा पर्छन्। अभिनय, लेखन, निर्देशन सबै काममा पोख्त ६३ वर्षीय जेरीको अहिलेको सम्पत्ति क्यामेराको पर्दा भित्रभन्दा बाहिर छ।
२.
शाहरुख खान
बलिउडका ‘किङ खान’ शाहरुख खान ६० करोड अमेरिकी डलरको मालिक हुन्। बलिउडमा शाहरूखले ७५ भन्दा बढी फिल्म आफ्नै कम्पनीमार्फत निमार्ण गरिसकेका छन्। उनी समान्य अभिनेता भएपनि उनको कमाई असमान्य छ। उनी जति धनाढ्य छन्, उत्ति नै उदार पनि। उनले युनेस्को लगायतका धेरै संस्थालाई आर्थिक सहयोग गरिसकेका छन्। शाहरुख धन अनुसारको शौख पनि राख्छन्। उनीसँग बिभिन्न ठाँउमा घर र सुविधा सम्पन्न कार छ।
३.
टम क्रुज
अमेरिकी अभिनेता तथा निर्माता टम क्रुज ४८ करोड अमेरिकी डलरका मालिक हुन्। लामो समयदेखि जमेका यी अभिनेता सन् २०१२ मा हलिउडमा सबै भन्दा बढी कर तिर्ने हिरो बनेका थिए। उनका १६ बढी फिल्मले अमेरिकालगायत अन्य देशमा १ करोड डलर बढी कमाई गरेको थियो। टमको आफ्नै प्रोडक्सन कम्पनी पनि छ। उनी हलिउडमा सक्षम र शक्तीशाली ब्यक्तिको सूचीमा अटाउन सफल छन्।
४.
टेलर पेरी
अमेरिकी हाँस्य कलाकार टेलर पेरी ४५ करोड अमेरिकी डलरका मालिक हुन्। उनी एक मात्र यस्ता कलाकार हुन्, जसले पछिल्लो ५ बर्ष यता लगातार बक्स अफिसमा उत्कृष्ट फिल्म दिन सफल भए। उनी हलिउडमा पैसा बनाउने कलाकारका रुपमा समेत ख्यातीप्राप्त छन्। उनको १३ फिल्मले बक्स अफिसमा ६० करोड डलर कमाई गरेको थियो। पेरी सन् २०११ मा फिल्मी क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने अभिनेता बनेका थिए।
५.
मेल गिब्सन
ओस्कार विजेता मेल गिब्सन ४२ करोड ५० लाख अमेरिकी डलरका मालिक हुन्। जसलाई हलिउडको कामुक अभिनेताको रुपमा हेर्ने गरिन्छ। कुनै बेला उनी बक्स अफिसमा सर्वाधिक कमाई गर्ने अभिनेता बनेका थिए। गिब्सन हाल कलाकारितामार्फ फिल्म निर्देशन र निमार्णमा पनि सक्रिय छन्। फिल्मी दुनियामा सफल गिब्सनको सन् २००९ मा सबैभन्दा महंगो डिभोर्स भएको थियो। जतिबेला उनको सम्पत्ति ८५ करोड डलर थियो, त्यति नै बेला डिभोर्स भएको थियो। यसपछि उनको सम्पत्ति घटेर ४२ करोड ५० लाखमा झरेको थियो।