मेक्सिको सिटी- मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ।
स्थानीय समयअनुसार शुक्रबार बेलुका ५:३९ बजेको समयमा ७ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको हो।
दक्षिणी प्रशान्त तटस्थित ओसाका क्षेत्रलाई केन्द्रबिन्दु बनाएको भूकम्पबाट कति मानिसको मृत्यु भयो भन्नेबारे जानकारी आइसकेको छैन। तर ठूला भवन र घरहरु भत्किएका छन्। भूकम्पको धक्का २ सय २५ माइलसम्म महसुस गरिएको थियो।
गत सेप्टेम्बर १९ मा यही क्षेत्रमा गएको भूकम्पमा परी ३ सयभन्दा बढी मानिसले ज्यान गुमाएका थिए।