प्रहरीले १४ पीडितबारे जानकारी दिएको छ तर उनीहरुको स्थिति सार्वजनिक गरिएको छैन ।
यसअघि स्टोनम्यान डगलस हाइस्कुलका सुपरिटेण्ड रोबर्ट रन्सीले केही ब्यक्तिको मृत्यु भएको जानकारी दिएका थिए । उनले भनेका छन्, ‘संदिग्ध व्यक्ति सम्भवतः पूर्वछात्र थिए ।’ अमेरिकी टिभी च्यानलका अनुसार स्थानीयले निकै सहयोग गरेका थिए । विद्यालयमा अध्ययनरत विद्यार्थीका बुबा आमा स्कुल परिसरमा जम्मा भएका थिए । ह्वाईट हाउसका प्रवक्ता लिण्डसे वाल्टर्सले भनेका छन्, ‘राष्ट्रपतिलाई फ्लोरिडाको स्कुलमा भएको गोलाबारीको जानकारी दिएका छौं । घटनामा घाइतेको स्वास्थ्यलाभका लागि हामीले प्रार्थना गरेका छौं ।’ राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमार्फत पीडितलाई सान्त्वना दिएका छन् । सन् २०१३ पछि मात्रै अमेरिकामा यस्तै प्रकृतिका २९१ घटना भएका थिए । औसतमा हिसाब गर्दा हरेक हप्ता यस्ता घटना हुनेगर्छन । पछिल्लो समय यो अमेरिकाका लागि टाउको दुःखाइको विषय बनेको छ ।