ट्रम्प–पुटिन वार्ता

Everest Fuji News २०७४ फाल्गुन २ मा प्रकाशित       Published at 2018 Feb 14


वासिंगटन / एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोनवार्ता भएको छ । टेलिफोनवार्तामा रसियाली विमान दुर्घटना, मध्यपूर्वको शान्ति प्रक्रिया तथा उत्तर कोरियासहित विविध विषयमा कुराकानी भएको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार मस्कोबाट रसियाकै उत्तरपश्चिमी क्षेत्रका लागि उडेको साराटोभ विमान कम्पनीको ७०३ नम्बरको उडान मस्कोबाट उडेको केही समयमा दुर्घटना भएको प्रति दुःख व्यक्त गरेको उल्लेख गरिएको छ । विमान दुर्घटनामा परी चालक दलका ६ जना सदस्यसहित सबै ७१ जनाको मृत्यु भएको थियो । सो दुर्घटनाको अनुसन्धान जारी छ ।अमेरिकी राष्ट्रपतिले विमान दुर्घटनामा परी मृत्यु भएका चालक दलका सदस्यसहित सम्पूर्ण यात्रुप्रति श्रद्धाञ्जली तथा मृतकका आफन्तजनमा समवेदना प्रकट गरेका छन् । अमेरिकी राष्ट्रपतिले विमान दुर्घटनाका विषयमा अनुसन्धानका लागि आवश्यक परे रसियाली अधिकारीलाई सघाउन अमेरिका तयार रहेको समेतबताएका छन् ।उनले फरक प्रसंगमा मध्यपूर्वको शान्तिवार्ताका लागि खट्नुपर्ने समय आएको बताएका थिए ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.