काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शासनको सुरुका दिनका बारेमा लेखिएको पुस्तक ‘फाएर एन्ड फ्युरी‘ को उत्तर कोरियाले प्रशंसा गरेको छ । पुस्तकमा राष्ट्रपति ट्रम्पलाई अस्थिर र सन्काहा चरित्रको व्यक्तिका रूपमा चित्रण गरिएको छ ।
द न्यु योर्क टाइम्सको अनलाइन संस्करणमा शुकवार प्रकाशित समाचारअनुसार उत्तर कोरियाको राष्ट्रिय सञ्चार माध्यममा ‘फाएर एन्ड फ्युरी‘को सन्दर्भ उद्धृत गर्दै ‘ट्रम्पको विश्वव्यापी स्तरमा बदख्वाइँ भएको छ‘ भन्ने टिप्पणी गरिएको छ ।
उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच व्यक्तिगत स्तरमा समेत मुख छाडाछाड हुने गरेको छ ।