आप्रवाशी कामदारलाई कोरियामा ३६ प्रतिशत कम ज्याला

Everest Fuji News २०७४ मंसिर २६ मा प्रकाशित       Published at 2017 Dec 12


कोरियामा स्वदेशी कामदार र आप्रवाशी कामदार बीच ज्याला-अन्तर ठूलो रहेको छ। बैंक अफ कोरियाले गरेको एक सर्वेक्षण अनुसार स्वदेशी कामदारको तुलनामा विदेशी कामदारले ३६ प्रतिशत कम ज्याला पाउने गरेका छन्।

हालै मात्र सार्वजनिक गरिएको रिपोर्टमा ओइसीडीका राष्ट्र मध्ये कोरियाको ज्याला अन्तर अत्यन्तै ठूलो रहेको बताइएको छ। ओइसिडीका राष्ट्रहरुको औसत ज्याला अन्तर १३ प्रतिशत रहेको छ। जहाँ कि स्वदेशीको तुलनामा विदेशीले ८७ प्रतिशत ज्याला पाउँछन्। जब कि कोरियामा विदेशी कामदारले ६४ प्रतिशत मात्र ज्याला पाउने गरेको तथ्यांकमा देखाइएको छ। त्यसैगरी कोरियामा विदेशी कामदारको संख्या पनि ओइसिडीका राष्ट्र मध्ये कम रहेको छ l हाल कोरियामा बिदेशी कामदारको संख्या २ देखि ४ प्रतिशत छ भने क्यानाडा अस्ट्रेलियामा औसत २५ देखि ३० प्रतिशत विदेशी कामदार छन्l त्यस्तै अमेरिका ,बेलायत ,जर्मनी लागएतका देशमा १० देखि २० प्रतिशत आप्रवाशी कामदार रहेका छन्। कोरियाको ज्याला अन्तर ठूलो हुनुमा सरकारको विदेशी कामदारप्रतिको नीति जिम्मेवार रहेको पनि उल्लेख गरिएको छ। छोटो समयावधिको लागि कम दक्षता भएका कामदारहरू बोलाइने तथा यसरी बोलाइएका कामदारले निम्न स्तरको ज्यालामा काम गर्ने भएकै कारण अन्तर ठूलो रहेको समेत तथ्यांकमा उल्लेख गरिएको छ। साथै स्वदेशी तथा आप्रवासी कामदार बीच समान ज्याला तथा समान कामको लागि सरकारले दक्ष कामदार भित्र्याउने नीतिमा परिवर्तन गरी समयावधि समेत थप गर्नु पर्ने सुझाव दिइएको छ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.