जापानी चर्चीत पत्रिकाले ‘ओली एसियाकै उत्कृष्ठ नेता’ लेखेपछि अन्तर्राष्ट्रिय स्तरमा ठूलो तरंग

Everest Fuji News २०७४ मंसिर २६ मा प्रकाशित       Published at 2017 Dec 12


काठमाडौं ,जापानको चर्चिंत पत्रीकामा एमाले अध्यक्ष के पी ओलीको राजनैतिक सफलतालाई स्पस्ट विश्लेषण गरिएको छ। ओलीको राष्ट्र प्रतीको स्वाभीमानको प्रशंसा गर्दै ओलीलाई एसीया कै उत्कृस्ट रजनैतिक नेता को रुपमा व्याख्या गरिएको छ। त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टी एक हुँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नै ठूलो तरंग आएको बताएको केहि क्षण मै नेकपा एमाले र नेकपा माओवादीको पार्टी एकीकरणको विषयलाई लिएर अन्तराष्ट्रिय समुदायहरुमा खैलाबैला मच्चिएको छ खबर प्राप्त भएको छ । तर वाम एकीकरणलाई लिएर भारतीय मिडियाले भनेको थियो , नेपालको कम्युनिस्ट पार्टीहरुको बहुमत आए नेपालमा चीनको प्रभाव बढ्ने भएकोले यसलाई रोक्न नेपाली काग्रेसलाई जिताउन भारतले कुनै कसर बाँकी राख्न हुदैन । मिडियाले थप्यो , यदि नेपालमा भारतीय प्रभाव बढाउने हो भने नेपाली काग्रेसलाई जिताउनुको कुनै विकल्प नरहेको स्पस्ट छ । तर अहिले नेपालमा वामगठबन्धनको जित संगै भारतीय मिडियामा नेपालमा अबको नयाँ प्रधानमन्त्री को हुने भन्ने कुराको विचार विमर्श भएको छ , उसले भनेको चुनाव पश्चात केपी ओली प्रधानमन्त्री हुने ठोकुवा भारतीय मिडियाले लगाएका छन् । के साच्चै अबको प्रधानमन्त्री केपी वली होलान त ? सबैको चासोको विषय रहेको छ । को हुन ओली ? एमाले अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ! उहाँले ५७ हजार १ सय ३९ मत ल्याउनुभएको हो । उहाँका निकटतम प्रतिद्न्वदी कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत पाउनुभएको हो ! नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा (केपी) ओलीको जन्म २००८ साल फागुन ११ गते भएको हो । एमाले संसदिय दलका नेता समेत रहेका ओली नेपालको ३८ औं प्रधानमन्त्री बन्नु भएको थियो । २०७२ असोज २४ गते नेपालको ३८ औं प्रधानमन्त्रीको रूपमा निर्वाचित हुनु भएको थियो । विनाशकारी भूकम्पपछि नाकाबन्दीले नेपालीहरुको जनजिवन आक्रान्त थियो, राजनीतिमा इमानदारीता सक्किसकेको थियो,आम युवामा राजनीति र राष्टप्रति वितृष्णा थियो,विकासको भोक हराई सकेको थियो,हामी सपना देख्न पनि भुलिसकेका थियौ,तब बदल पारी चाँदिको घेराको अनुभूति नेपाली जनताले गरे। संसदबाट प्रधानमन्त्रीको रुपमा बिदा हुँदा धेरै नेपाली जनताको मनमा बास गर्न सफल हुनुभयो, यो देशी विदेशी तत्वको खेलमैदानमा यति सजिलै यो दिन आउँछ भन्ने लगेको थियन,तर पनि नेपाली जनताको साथले निम्त्याएको सुखद भविष्य हाम्रो अगाडि छर्लंग छ । त्यसअघि उहाँ गृहमन्त्री, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीसमेत हुनु भएको थियो । ओली २०४८ सालमा झापा क्षेत्र नम्बर ६ र २०५९ सालमा झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको थियो । ओली २०५१ सालदेखि २०५२ सालसम्म गृहमन्त्री हुनुभयो । २०६४ देखि २०६५ सम्म ओली उपप्रधान एवम् परराष्ट्र मन्त्री हुनुभयो । ओलीको जन्म तेह्रथुम जिल्लाको इवा गाउँमा भएको थियो । उहाँका बाबु मोहनप्रसाद ओली र आमा मधु ओली हुन् । २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेकपाको सदस्यता लिनु भएको थियो । २०२८ सालको झापा आन्दोलनका प्रमुख मध्येका एक हुनुहुन्थ्यो । त्यही वर्ष उहाँ जेल पर्नुभयो । ओली तत्कालिन नेकपा (माले) को संस्थापक नेता समेत हुनुहुन्छ । पञ्चायती व्यवस्थाविरुद्धको संंघर्षका क्रममा ओलीले २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन बिताउनु भएको छ । ओली २०४८, २०५१ र २०५६ को आम निर्वाचनमा झापा जिल्ला क्षेत्र नं ६ बाट प्रतिनिधि सभामा निर्वाचित हुनु भएको थियो । पहिलो संविधान सभा निर्वाचन २०६४ मा भने उहाँ झापाको क्षेत्र नं ७ बाट पराजित हुनुभयो । २०४९ सालमा नेकपा (एमाले) को स्थायी कमिटी सदस्य भएका ओली २०७१ असारमा पार्टीको अध्यक्ष निर्वाचित हुनुभयो । दोश्रो संविधानसभा निर्वाचन २०७० मा उहाँ झापा क्षेत्र नं ७ बाट निर्वाचित हुनुभयो । हाल उहाँ नेकपा एमालेको संसदीय दलको नेता पनि हुनुहुन्छ । झापामा विद्यालय जीवन सुरु गरेर ओलीले कक्षा ४ सम्मको अध्ययन गाउँमा पूरा गर्नु भएको थियो । ओलीले झापाको आदर्श माध्यमिक विद्यालयबाट २०२८ सालमा प्रवेशिका परिक्षा एसएलसी उत्तिर्ण गर्नु भएको थियो । भाषण गर्दा उखान–टुक्कालाई प्रयोग गर्ने बानीका कारण उहाँको भाषण धेरैले रुचाउँछन् । ओली हाल भक्तपुरको बालकोटमा बस्दै आउनु भएको छ । Source : Nepal Viral


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.