काठमाडौं, २० मंसिर — उत्तर कोरियाले लामो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि अमेरिकाले अहिले शक्ति प्रदर्शन गरिरहेको छ ।
अमेरिकाले दक्षिण कोरियासँग मिलेर ओसान एयरबेसमा संयुक्त सैन्य अभ्यास गरिरहेको छ । पाँच दिनसम्म चल्ने यस अभ्यासमा अमेरिकाले अत्याधुनिक २३० लडाकू विमान र १६ हजार वायुसैनिकलाई उतारेको छ ।
दक्षिण कोरियामा पहिलेदेखि नै रहेका चार हजार अमेरिकी सैनिक पनि अभ्यासमा समावेश छन् ।
अमेरिकाले दक्षिण कोरियासँग अघिल्लो वर्ष पनि सैन्य अभ्यास गरेको थियो । त्यतिखेर जलसेनासहित १५ हजार सैनिकले भाग लिएका थिए ।
अमेरिकाले एफ २२ –याप्टर समेत दुई दर्जन विमान उतारेको छ । त्यसलाई कुनै राडारले पनि समात्न सक्दैन ।
उत्तर कोरियाले यस सैन्यअभ्यासलाई उत्तेजक कदम भनेको छ । आणविक युद्ध भयो भने अमेरिका नै त्यसका लागि जिम्मेवार हुनेछ भनी उत्तरले टिप्पणी गरेको छ ।
एजेन्सी