उत्तर कोरियाको सिमानामा २३० अमेरिकी लडाकू विमान र १६ हजार सैनिक, स्थिति तनावग्रस्त

Everest Fuji News २०७४ मंसिर २० मा प्रकाशित       Published at 2017 Dec 06


सियोल। उत्तर कोरियाको लामो दूरीको ब्यालेस्टिक मिसाइलको परीक्षण सफल भएको ६ दिनपछि अमेरिकाले आफ्नो शक्ति प्रदर्शन गरेको छ । अमेरिकाले दक्षिण कोयिासँग मिलेर सोमबार ओसान एयरबेसमा सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यास गरेको छ । ५ दिनसम्म चल्ने यो संयुत्तः सैन्य अभ्यासमा अमेरिकाले अत्याधुनिक २३० लडाकू विमान र १६ हजार वायु सैनिकलाई उतारेको छ । यी सैनिकमा ४ हजार पहिलेदेखि दक्षिण कोरियामा तैनाथ जवान पनि सामेल छन् ।  दक्षिण कोरियासँग अमेरिकाले गत वर्ष पनि युद्ध अभ्यास गरेको थियो । त्यतिबेला नेवी समेत १५ हजार सैनिक सहभागी भएका थिए । दक्षिण कोरियामा अमेरिकाका करिब २९ हजार सैनिक तैनाथ छन् । यी सैनिक आफ्ना परिवारसमेत दक्षिण कोरियामा बस्छन् । दक्षिण कोरियाका १ लाख सैनिक यो ड्रिलमा सहभागी छन् । यसमा नेवी पनि सामेल छन् । अमेरिकाले यी अत्याधुनिक विमान अरु देशलाई नदिइ उत्पादन बन्द गरेको छ । अहिले अमेरिकाले एफ–२२ रेप्टरसमेत दुई दर्जन विमान उतारेको छ । यी विमानलाई कुनै राडारले समाउन सक्दैन । यो सैनिक अभ्यासले स्थिति तनावग्रस्त बनेको छ । उत्तर कोरियाले यो युद्धअभ्यासलाई परमाणु युद्धको लागि उक्साउने कार्य भनेर टिप्पणी गरेको छ । उत्तर कोरियाले यसबाट युद्ध भएमा त्यसको जिम्मेवार अमेरिका हुने चेतावनी दिएको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.