अमेरिकाले इतिहासमै पहिलाेपटक महिला राष्ट्रपति उम्मेद्वार पाएकाे छ । अमेरिकाको फिलिडेल्फियामा जारी डेमोक्र्याटिक पार्टीकाे राष्ट्रिय अधिवेसनले हिलारी क्लिन्टनलाइ राष्ट्रपति पदको उम्मेदवारमा चुनेपछि अमेरिकामा याे इतिहास बनेकाे हाे ।
महाधिवेसनको पहिलो दिन क्लिन्टनको राष्ट्रपतिय दौडका प्रतिद्वन्द्वी बर्नी स्यान्डर्सका समर्थकहरुले विरोध गरेपनि दाेस्राे दिन सर्वसम्मतिले उनी उम्मेदवार चयन भइन् ।
अब उनी अमेरिकामा अागामी नोभेम्बर ८ मा हुने राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पसँग प्रतिष्पर्धा गर्नेछिन्।
डेमोक्रेटिक तथा रिपब्लिकन दुवै पार्टीले आफ्ना उम्मेदवार मैदानमा उतारेकाले अब राष्ट्रपतिय निर्वाचनकाे खास दाैड सुरू हुन्औछ ।