भूकम्प पिडितहरुका एक हजार घर निर्माण गर्ने एनआरएनएको अभियानका लागि स्विटजरल्याण्डबाट करिब ९३ लाख रुपैयां सहयोग पुग्ने भएको छ । गोर्खाको उत्तरी गाउ“ लाप्राकमा बस्ती बनाउँन सरकारसगं सम्झौता गरिसकेको एनआरएनएलाई घर निर्माणका लागि स्विटजरल्याण्डबाट सहयोग पुग्ने भएको हो । स्वीस– नेपाली भूकम्प पुनस्निर्माण अभियानले संकलन गरेको ७५ हजार ६ सय ८२ स्वीस फ्रयाबकस् र स्वीस–नेपाली समाजको १० हजार स्वीस फ्रयाार्ब कस् गरी करिब ९३ लाख रुपैयां एनआरएनएको पुनर्निमाण अभियानमा सहयोग गर्ने घोषणा भएको छ।
स्वीस-नेपाली भूकम्प पुन:निर्माण अभियान,स्वीस-नेपाली समाज र स्विटजरल्याण्डबासी नेपाली समुदायलाई धेरै धेरै धन्यबाद। स्वीस-नेपाली भूकम्प पुन:निर्माण अभियानले संकलन गरेको ७५ हजार ६ सय ८२ स्वीस फ्र्याङकस् र स्वीस-नेपाली समाजको १० हजार स्वीस फ्र्याङकस् गरी करिब ९३ लाख रुपैयाँ एनआरएनएको पुनर्निमाण अभियानमा सहयोग गर्ने घोषणा भएको छ। गैरआवासिय नेपाली अन्त्ररास्ट्रिय सघं हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
गैरआबासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घले र उपाध्यक्ष कुमार पन्तको बिशेष उपस्थितिमा जुरिखमा आईतबार आयोजित एक कार्यक्रम बीच रकम प्रदान गर्ने घोषणा भएको हो। स्विटजरल्याण्डमा उठेको रकमलाई पुनर्निमाणमा खर्च गर्न एनआरएनएलाई बिश्वास गरेकोमा संघका अध्यक्ष घलेले खुशी ब्यक्त गरेका छन।
अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष घलेले गोर्खाको उत्तरी गाउं लाप्राकलाई नयां स्थानमा सारेर एकीकतृ नमुना बस्ती बनाउन नेपाल सरकारसंग संघले सम्झौता गरे पछिको प्रगती बिबरण बारे जानकारी गराएका थिए। उनले सेप्टम्बरसम्म योजनाको मास्टर प्लान तयार भई सक्ने बताए।
घलेले भने, एनआरएनएले मोडेल भिलेज बनाउंने प्रक्रिया पनि मोडेल प्रोसेसबाट होस् भन्ने चाहाना अनुरुप नै तयारी गरिरहेको छ। मोडल भिलेजमा घरहरु मात्र बनाएर सार्थक नहुने बताउंदै उनले गाउ“का लागि सडक, खानेपानी, पाठशाला, कम्युनिटि हल जस्ता पूर्वाधारको आवश्यकता हुनु पर्नेमा पनि जोड दिए।
कार्यक्रममा बोल्दै संघका उपाध्यक्ष कुमार पन्तले भूकम्प पिडितका लागि एनआरएनले संकलन गरेको रकम र निर्माणको क्रममा एक पैसा पनि तल माथि नहुने प्रतिबद्दता ब्यक्त गरे। उपाध्यक्ष पन्तले संघको संस्थागत विकासमा केहि चुनौतीहरु भए पनि संघलाई सबैको साझा संस्था बनाउ“नु पर्नेमा जोड दिए।
कार्यक्रममा गैरआवासिय नेपाली संघ, अन्तर्रा्ष्ट्रिय समन्वय परिषदका संरक्षक दिल गुरूब, आईसिसि सदस्य डा. विनय श्रेष्ठ, राष्ट्रिय समन्वय परिषद स्विटजरल्याण्डका अध्यक्ष हिराबल गुरुब, स्वीस–नेपाली समाजका अध्यक्ष डा. मार्कुस रुकस्थुल, स्वीस–नेपाली भूकम्प पुनस्निर्माण अभियानका संयोजक पितम गुरूब लगायत स्थानीय संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। बिभिन्न तिन चरणमा बिभाजन गर्दै कार्यक्रम सम्पन्न भएको हो।
यस अघि संघले प्रत्येक घर बनाउ“दा करिब ३ लाख ५० हजार रुपैयांको खर्च अनुमान गरे पनि संकलन भएको रकम अपुग हुने देखिएको बेला स्विटजरल्याण्डबाट सहयोग पुग्ने भएको हो । एनआरएनले भूकम्प पिडितका लागि घर निर्माणको काम थाल्ने बित्तिकै, बिभिन्न राष्ट्रिय समन्वय परिषदहरुबाट पनि थप रकम संकलन गर्न अभियान थाल्न सक्ने आकलन गरिएको छ।
साभार: ईहुव नेपाल