Everest Fuji News२०७४ आश्विन २७ मा प्रकाशितPublished at 2017 Oct 13
काबुल / एजेन्सी– अफगानिस्तानका विभिन्न भूभागमा पछिल्लो २४ घण्टाभित्र अफगान सेनाले तालिबान लडाकुविरुद्ध गरेको कारबाहीका क्रममा २९ जना लडाकु मारिएका छन् ।
अफगानिस्तानका विभिन्न भूभागमा गएको २४ घण्टायता अफगान सेना र प्रहरीले गरेको कारबाही र द्विपक्षीय भिडन्तहरूमा परी ती लडाकु मारिएका हुन् । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा गरेको हवाई कारबाहीमा अधिकांश लडाकु मारिएका बताइएको छ ।
अफगानिस्तानको गृह मन्त्रालयले बिहीबार विज्ञप्ति प्रकाशित गरी सो जानकारी दिएको हो । नान्गाहार प्रान्तको आचिन जिल्लामा केही दिनयतादेखि लुकेर बसेका आतंककारीलाई लक्षित गरेर अफगान सेनाले गरेको हवाई कारबाहीमा उनीहरू मारिएका गृह मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ ।