एक दशकपछि फताह र हमास सम्बन्ध

Everest Fuji News २०७४ आश्विन २७ मा प्रकाशित       Published at 2017 Oct 13


गाजा सिटी / एजेन्सी– प्यालेस्टाइनी राष्ट्रपति मोहम्मद अब्बासले दुई प्रतिस्पिर्धी हमास इस्लामिक समूह र फताह समूहबीच बिहीबार करिब एक दशकपछि पुनः मिलन गर्ने सहमति भएको बताएका छन् । अब्बासले बिहीबारको छलफलपछिको सहमति नै सन् २००६ पछि छुट्टिएका प्रतिस्पर्धी प्यालेस्टाइनी समूहको पुनर्मिलनका लागि ‘अन्तिम सहमति’ भएको बताएका छन् ।   सन् २००६ मा भएको विभाजनपछि हमासले गाजा क्षेत्र र अब्बासको प्यालेस्टाइनी अधिकारीले वेस्ट बैंकमा आ–आÏना प्रशासन केन्द्र बनाएर अघि बढेका थिए । तर सो वर्ष भएको निर्वाचनमा इस्लामिक समूह हमासले प्यालेस्टाइनी संसद्मा पहिलोपटक सहभागी भए पनि पराकिलो अन्तरले फताहमाथि जित हासिल गरेको थियो । स्थापनाको वर्षदेखि नै फताहमाथि हमास समूहले प्रभाव जमाउन सफल भएपछि सन् २००७ मा दुई समूहले आÏनो प्रभाव पुष्टि गर्न भएको विवादमा भएको रक्तपातपूर्ण द्वन्द्वका कारण गाजा क्षेत्रमा ठूलो तनाव सिर्जना भएको थियो । फताह र हमास समूहबीचको संयुक्त सरकार पनि जुलाई २००७ मा भएको एक साता लामो हिंसात्मक द्वन्द्वका कारण भंग भएको थियो । अब्बासले संयुक्त सरकारलाई विघटन गरी गाजा क्षेत्रमा संकटकालको घोषणा गरेका थिए । तर हमासका लडाकुले अब्बास पक्षधर शक्तिलाई नियन्त्रणमा लिएका थिए । सो घटनालाई राष्ट्रपतिले राज्य विद्रोहको संज्ञा दिएका थिए । तर सन् २०११ मा दुवै समूहले अन्तरिम सरकार बनाउने र नयाँ निर्वाचन गर्ने सहमति भएपछि विवाद केही मत्थर भए पनि सहमतिको कार्यान्वयन गर्न ढिलाइ भई सन् २०१४ मा आएर मात्र भएको थियो । अब्बास नेतृत्वको प्यालेस्टाइनी स्वतन्त्रता संगठन र हमासको संयुक्त सरकार गठन सन् २०१४ को जुनमा भएको थियो । तर अब्बासले हमासमाथि समानान्तर प्रशासन खडा गरेको आरोप लगाएपछि केही महिनामै संयुक्त सरकार भंग भएको थियो । इजरायलको ५० दिन लामो हवाई आक्रमणपछि बनेको संयुक्त सरकार अगस्टमा आइपुग्दा विघटन भएको थियो । हमासले सन् २०१७ मा आÏनोे घोषणापत्रमा विशेष सुधार र इजरायललाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरेपछि पुनः एकपटक दुई प्रतिस्पर्धी समूहबीच पुनर्मिलन हुने सहमति बनेको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.