भारतका लागि नेपालका राजदूतद्वारा राजिनामा, अमेरिका र चीनकालाई हटाईदैं

Everest Fuji News २०७४ आश्विन २१ मा प्रकाशित       Published at 2017 Oct 07


नेपालका लागि भारतीय राजदूत दीपकुमार उपाध्यायले पदबाट राजीनामा दिएका छन् । राजदूत उपाध्यायले उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई राजीनामा पत्र बुझाएका हुन् । राजनीतिक जीवनमा फर्कनका लागि पदबाट राजीनामा दिएको उपाध्यायले बताएका छन् । उपाध्याय गृहजिल्ला कपिलवस्तुबाट आफ्नो राजनीति अघि बढाउने तयारीमा छन् । यसअघि उपाध्यायलाई पदमा रही राजनीतिक गतिविधिमा संलग्न भएको भन्ने आरोप लाग्ने गरेको थियो । यता, चीनका लागि राजदूत लिलामणि पौडेल र अमेरिकाका लागि राजदूत अर्जुन कार्कीलाई समेत राजीनामा दिनका निम्ति तीव्र दबाब परेको छ । आजको घटना र बिचारमा समाचार छ ।   संसदीय समितिले उनीहरुको काम गर्ने शैलीमाथि प्रश्न उठाइसकेकोले दुवैलाई राजीनामा दिनका निम्ति विभिन्न सूत्रबाट दबाब दिइएको र यदि नदिएको खण्डमा सरकारले केही दिन भित्रै पदमुक्त गर्ने तयारी गरेको समाचार सूत्रको दाबी छ । चीनका लागि राजदूत लिलामणि पौडेल माथि जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न नसकेको, नेपाल चीन सम्बन्धलाई सुमधुर राख्न नसकेको जस्ता आरोप लाग्दै आएका छन् भने अमेरिकाका निम्ति नेपाली राजदूत कार्कीमाथि कार्यशैली ठीक नभएको र भुकम्प पीडितका नाममा उठेको रकम दुरुपयोग गरेको आरोप लागेको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.