बेलायती लेखक काजुओ इशिगुरोलाई यस वर्षको साहित्यका लागि नोबेल पुरस्कार दिइने भएको छ ।
नोबेल एकेडमीले उनको प्रशंसामा भनेको छ, “उनले बेजोड भावनात्मक उपन्यासमार्फत संसारसँगको सम्बन्धबारे हाम्रो भ्रमपूर्ण भावको गहिराइलाई उजागर गरेका छन् ।"
६२ वर्षीय काजुओले नोबेल पुरस्कारलाई, ‘सुखद आश्चर्य’ भनेका छन् ।
इशिगुरोका चर्चित उपन्यासहरु ‘द रिमेन्स अफ द डे,’ र ‘नेवर लेट मी गो’ को कथावस्तुमा सन् १९९३ र २०१० मा फिल्म बनेका थिए ।
जापानको नागासाकीमा जन्मेका काजुओले बेलायतको युनिभर्सिटी अफ केन्टबाट अंग्रेजी र फिलोसफी साथै पूर्वी एंगेलियाबाट रचनात्मक लेखन अध्ययन् गरेका छन् ।
उनले कुल ८ वटा पुस्तक लेखका छन् जुन ४० भन्दा बढी भाषामा अनुवाद भएका छन् ।
उनको पहिलो उपन्यास थियो ‘अ पेल भ्यू अफ हिल्स’ (सन् १९८२) उनको थेसिस थियो । ‘द रिमेन्स अफ द डे’ का लागि उनले बुकर पुरस्कार प्राप्त गरेका थिए ।