जापानको संसद् भंग अक्टोबरमा मध्यावधि निर्वाचन

Everest Fuji News २०७४ आश्विन १२ मा प्रकाशित       Published at 2017 Sep 28


काठमाडौं । जापानका प्रधानमन्त्री सिन्जो आबेले बिहिवार संसद्को तल्लो सदन भंग गरेका छन् ।  गत सोमवार यही अक्टोबर २२ मा संसद्को मध्यावधि निर्वाचन घोषणा गरिएको थियो । कोरियाली आणविक संकटपछि उनको समर्थन बढेको मौका छोपेर प्रधानमन्त्री आबेले मध्याविध निर्वाचनको घोषणा गरेको अनुमान गरिएको छ । दक्षिणपन्थी आबे सन् २०१२ मा प्रधानमन्त्री भएका थिए । उत्तरकोरियाले जापानी आकाशमा हालै २ वटा क्षेप्यास्त्र प्रहार गरेपछि राष्ट्रवादी छवि भएका प्रधानमन्त्री आबेको समर्थन बढेको छ । उनको प्रतिद्वन्द्विता टोक्योकी पहिली गवर्नर तथा पूर्व रक्षा मन्त्री युरिको कोइकेसँग हुने सम्भावना देखिएको पनि बीबीसीले जनाएको छ । गवर्नर युरिकोले हाले कन्जरवेटिव पार्टी गठन गरेकी छन् । तस्विर : "द इण्डियन एक्स्प्रेस "  


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.