सोमबार, ९ असोज, २०७४
म्यानमार, असोज ९ । म्यानमारमा हिन्दु समुदायको सामूहिक चिहान फेला परेको त्यहाँको सेनाले जनाएको छ । चिहानमा २८ जनाको
शव फेला परेको जनाइएको छ । सरकारी अधिकारीहरुका अनुसार अधिकांश शव महिलाको छ ।
म्यानमार सरकारले शव फेला परेकाहरु हिन्दु धर्मावलम्बी रहेको र उनीहरुको हत्या रोहिंग्या विद्रोहीबाट भएको दावी गरेको छ ।
म्यानमारको रखाइन प्रान्तमा सामूहिक चिहान भेटिएको बताइएको छ । सो प्रान्तमा प्रवेशमा रोक लगाइएका कारण सरकारको यो दाबीलाई स्वतन्त्र पुष्टि गर्न नसकिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । (एजेन्सी)