हरेक बर्ष JATA ले टोकियोमा आयोजना गर्ने बिश्वस्तरको टुरिजम एक्स्पो यस बर्षपनि आयोजना हुने भएको छ । टोकियो बिग साईडको अन्तराष्ट्रीय प्रदर्शनी स्थलमा सेप्टेम्बर २२-२४ सम्म आयोजना हुने उक्त टुरिजम एक्स्पोमा दर्जनौ रास्ट्रहरू र स्थापित जापानका रास्ट्रिय र अन्तरास्ट्रिय ट्राभल एजेन्ट , एअरलाईन्स , होटलहरूले भाग लिने छन ।
यस अबसरमा नेपालले पनि आफ्नो पर्यटन ब्यापार बिस्तारको लागि बुथ राखेको छ । जसमा नेपाल टुरिजम बोर्ड साथै बिभिन्न पांचवटा प्राईवेट कम्पनिहरूले भाग लिनेछन । २१ र २२ तारिक काम्पनि कम्पनिहरूबिच ब्यापार बिस्तारको लागि बि टु बि आयोजना हुने र २३ र २४ तारिक साधारणहरूको लागि खुल्ला रहने जानकारी नेपाल पर्यटन बोर्डको जापान स्थित प्रतिनिधि अनुज थापाले दिनुभयो । २३ तारिक शनिबार दिउसो १२ बजेबाट ३० मिनेट नेपालको संस्कृति प्रदर्शनी र नेपालबारे जानकारी दिने स्टेज प्रोग्राम समेत रहेको जानकारी थापाले दिनुभयो । लाखौको संख्यामा उपस्थिति रहने उक्त कार्यक्रम जानको लागि हाईस्कूल सम्मको बिध्यार्थिलाई आईडि कार्ड देखाय शुल्क नलाग्ने , त्यसबाहेकका बिध्यार्थिहरूलाई ६०० जापानी यान र सर्वसाधारणहरूको लागि १३०० जापानी यान लाग्नेछ । नेपालको स्टल नम्बर LO16 रहेको छ ।
उक्त एक्स्पोमा नेपालले आफ्नो नया पुराना ट्राभल डेसिनेसनको जानकारी दिने र नेपाल भ्रमणको लागि जापानीजलाई निम्तादिनेछ । साथै दुई दिनसम्म नेपालको बुथ भिजिट गर्ने बिदेशी भिजिटरमध्य २ जनालाई नेपाल एअरलाईन्सले नेपाल आउने जाने निःशुल्क टिकटको ब्यबस्था गर्नेछ ।
२३ र २४ तारिक समय मिलायर भिजिट गर्नुहुन सबै नेपालीहरूलाई आवाह्वान समेत गर्नुभयको छ ।