नवाज शरिफकी पत्नी उपनिर्वाचनमा 'विजयी'

Everest Fuji News २०७४ आश्विन २ मा प्रकाशित       Published at 2017 Sep 18


अदालतबाट गत जुलाइमा पद सम्हाल्न अयोग्य ठहर गरिएका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी श्रीमती लहोरको उपनिर्वाचनमा 'विजयी' भएकी छन्। अनौपचारिक नतिजा अनुसार कुलसूम नवाजले आफ्ना निकटतम प्रतिद्वन्द्वीले भन्दा करिब १५ हजार बढी मत ल्याएकी छन्। स्थानीय सञ्चारमाध्यमहरुका अनुसार उनले ६१, २५४ मत प्राप्त गरेकी छन्। भ्रष्टाचारसम्बन्धी मुद्दामा हालसालै पाकिस्तानको सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री नवाज शरिफलाई सार्वजनिक पद धारण गर्न योग्य नभएको ठहर गरेपछि उनले राजीनामा दिएका थिए। पाकिस्तानका प्रधानमन्त्री शरिफ अयोग्य घोषित षड्यन्त्र उनको राजीनामापछि उक्त निर्वाचन क्षेत्रमा उपचुनाव भएको थियो। सत्तारुढ पीएमएलएन पार्टीले भनेको छ- चुनावी नतिजाले नवाज शरिफलाई राजनीतिक षड्यन्त्रको शिकार बनाइएको कुरामा जनतालाई विश्वास भएको पुष्टि गरेको छ। कुलसूम हाल लण्डनमा क्यान्सरको उपचार गराइरहेकी छन्। कुलसूमको अनुपस्थितिमा उनकी छोरी मरियमले चुनावी प्रचाररप्रसार गरेकी थिइन्। अस्वीकार अनौपचारिक नतिजापछि समर्थकहरुलाई सम्बोधन गर्दै मरियमले भनिन्, "यो साधारण जित होइन। तपाईँहरुले चुनावी प्रतिस्पर्धामा रहेकालाई मात्रै पराजित गर्नुभएको छैन बरु पर्दा पछाडि रहेका मानिसहरुलाई पनि हराउनुभएको छ।" चुनावी नतिजाले आफ्ना बुवालाई अयोग्य ठहर गर्ने अदालतको आदेशलाई जनताले अस्वीकार गरेको देखाएको उनले टिप्पणी गरिन्। लहोरको उपनिर्वाचनलाई सत्तारुढ र विपक्षी दलले नवाज शरिफलाई अयोग्य ठहर गर्ने सर्वोच्च अदालतको आदेशमाथिको जनमत संग्रहका रुपमा हेरेका थिए। आइतवार भएको चुनावमा करिब सवा तीन लाख मतदाताहरुले सहभागिता जनाएका थिए।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.