जारी गरेको अध्यादेश सदनले स्वीकार गर्ने गृहमन्त्री रमेश लेखकको दावी

Everest Fuji News २०८१ फाल्गुन १७ मा प्रकाशित       Published at 2025 Mar 01


 काठमाडौं/


गृहमन्त्री रमेश लेखकले सरकारले जारी गरेको अध्यादेश सदनले स्वीकार गर्ने दावी गर्नुभएको छ । 

 काठमाडौंमा नेशनल प्याव्सनको ८ औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्नेक्रममा उहाँले सो दाबी गर्नुभएको हो । उहाँले प्राविधिक र प्रक्रियाका कारणले अध्यादेश प्रतिस्थापन गर्न ढिलाई भएको भन्दै समयभित्रै अध्यादेशलाई अघि बढाउने र सदनले स्वीकार गर्ने दावी गर्नुभएको छ । उहाँले मुलुकमा सुशासन कायम गर्न र आर्थिक अवस्थालाई चलायमान बनाउन अध्यादेश ल्याएको समेत बताउनु भएको छ । गृहमन्त्री लेखकले अहिलेको समीकरण केही नेताहरुलाई प्रधानमन्त्री र मन्त्री बनाउनको लागि मात्रै नबनेको समेत बताउनु भएको छ ।

उहाँले देशमा दिगो शान्ति, सुशासन र समृद्धिको यात्रा तय गर्न अहिलेको गठबन्धन बनेको उल्लेख गर्नुभएको छ । उहाँले शिक्षा विधेयकलाई समयमा नै पारित गरि शिक्षा क्षेत्रको कानूनी र नीतिगत सुधार गर्ने बताउनुभएको छ । मन्त्री लेखकले संघीय संसदमा विधेयकलाई अघि बढाउन ढिलाई भएकाले निश्चित समयवधिभित्र विधायनका बिषयलाई टुङ्गाउने गरि काम गर्ने धारणा राख्नुभएको छ । उहाँले नीजि वा आवासिय विद्यालयका कारण सार्वजनिक वा सामूदायिक विद्यालयको गुणस्तर नघटने जिकिर गर्नुभएको छ ।।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.