मनोवैज्ञानले कार्यन्वयन प्रणालीमा पार्ने विभेदकारी पक्ष

Everest Fuji News २०८० श्रावण १ मा प्रकाशित       Published at 2023 Jul 17


मुना खनाल

काठमाडौं

कुनैपनि निजामती सेवाको कार्यशैली प्रशासकको हेरिने दृष्टी, स्थानीय तह, चाकडी र माथिल्लो तहको मान्छेलाई चिन्छु, पख्लास् भनेर धम्काउने तरीका जस्मा न कुनै प्रणाली छ, त्यसको मापन गर्ने नकुनै व्यवस्थामा नै छ।जस्ले गर्दा तल्लो तहका कर्मचारी नै मार्कामा परेका हुन्छन्।एउटा काम गरी रहने कर्मचारी जसले अरूको कुरा सुन्ने र अरूको नकारात्मक टिका टिप्पणी गर्ने समय नै पाउदैन। ऊ फगत आफ्नो काममा नै व्यस्त रहन्छ । कसरी आफूलाई सधै काममा पोख्त राखौँ, कसरी आफ्नो सेवाग्रहीलाई विना पूर्वाग्रही भएर पाएको सेवा सुविधा दिँउ जसले गर्दा कार्यशैली र सेवा प्रवाहमा सकारात्मक परिवर्तन आओस् भनेर नै आफूलाई क्रियाशिल बनाउने गरेको हुन्छ। तर जसको माथिल्लो तहमा पहुँच राम्रो हुन्छ काम नगरेर पनि उसको कामको वाहवाह हुन्छ जस्ले गर्दा एउटा काम गर्ने कर्मचारीको आत्मावल, आत्मासम्मानमा आँच आउँछ भने जो काम नै नगरी वाहवाह पाउँछ त्यस्ले अझ बढा अरुलाई दुःख दिन्छ, पीडा दिन्छ र आनन्द लिन्छ।फलस्वरुप एकातिर काम गर्ने आफुलाई क्रियाशिल राख्न चाहने को मनोविज्ञानमा गहिरो आघात पर्दछ । साथै दुःख दिँदा र अरूको पीडामा रमाएर आनन्द लिने मान्छेको मनोविज्ञान अझ नकारात्मक सोचमा परिणत हुन्छ तसर्थ सम्बन्धित निकायले र जिम्वेवार ब्यक्तिले आफू मातहतका कर्मचारीको विभेदकारी र आफुलाई माथिल्लो दर्जाको मान्छेको नाम लिदै कतिले धक्काउने गरेको छ कि छैन र कुनै पनि काम गर्ने व्यक्तिको मनोविज्ञानमा आँच आउने कार्य गरेको छ कि छैन भनेर मापन गर्ने संयन्त्रको विकास गर्न जरूरी छ । आफू पदमा रहदाँ पदीय जिम्बेवारीलाई गलत तरीकाले कसैले पनि प्रस्तुत नगर्ने खालको मनोवैज्ञानीक स्वच्छ विचार धाराको परिपाटीको विकास गरौ जस्ले गर्दा सकारात्मक कार्यशैली साथै सेवाग्रहीले पाउँने सेवामा पनि तदारूकता र सहजताको महसुस दिलाउने प्रणाली विकास हुन्छ ।

जो काम गर्छ उस्लाई सहि वातावरण र सकारात्मक कार्य नै मन पराउँछ उसलाई चाकडी गर्ने जाने भन्दा पनि कार्यशैलिमा कसरी आधुनिकिकरण गर्न र कसरी आधुनिक प्रविधि अनुसार आफुलाई समयानुकुल बनाउन सकिन्छ भनि सकारात्मक विकास र समाधानको बाटो खोजि रहेको हुन्छ ।

अझ अहिले संघियता आए सँगै र तिनै तहको उपयुक्त ऐन नियमको खाका नबनेको कारणले त झनै मानिसमा विचलन, अनिन्दृ, निरासापनको समस्या देखिदै आएको छ । काम भन्दा पनि नजिकका मान्छे आफ्नो पहुँचका छन् भने अरूलाई नचाहिने दुःख दिएर रमाउनेको जमात पनि मनग्गै छ ।स्थानीय तहमा समायोजनको पक्षपनि त्यतिकै चुनैतिपूणं अमिल्दो नै देखिएको छ। कुनै पनि व्यक्ति एक ठाउँमा बसे पछि त्यसको त्यहीँ सधैभरी रहने भन्ने जुन प्रकारको मानसिकता छ जस्ले गर्दा दादागिरीपन र अरूलाई थिचोमिचो गर्ने प्रक्रियाले अझ बढी सकारात्मक भन्दा पनि नकारात्मक बाटो मोडिएको छ । कुनै पनि छलकपट पूर्वाग्रह विनाको मानिसमा अरूलाई सताउने र अरूको भाग खोस्ने नियत राख्दैन् तर जो जसको शक्ति र पहुँच छ त्यसले अस्वभाविक रूपमा सुविधा पनि लिने र पहुँच नहुने र काम गरेर नै मेरो जिम्बेवारी पुरा गर्नेछु भन्नेहरू सँधै एकातिर पन्छाएर दवाउने गर्नाले कार्यमा बाधा र असल कर्मचारीको मनोबलमा ह्रास आउने हुन्छ, प्रभावकारी सेवा प्रदान नहुने साथै मानवको अन्तरनिहित मनोविज्ञानमा असर पर्न जान्छ ।

आजको युगमा शिक्षालाई प्राथमिकतामा राखेर शिक्षाको लागि सरकार, समुदाय र व्यक्ति आफैले पनि धेरै लगानी गरेर, वौद्धिक क्षमता पनि उतिकै खर्च गरेर हासिल गरेको प्रमाणपत्र पनि प्रमाणपत्रमा नै सिमित रहेका छन् । आफ्नो क्षमता र सिपको सहि तरिकाले प्रयोगमा ल्याउन पनि नसकि रहेको अवस्था जसले गर्दा मानसिक तनाव र त्यसका असरहरू पनि उतिकै उब्जिने देखिन्छ । शिक्षा नै त्यस्तो शक्ति हो जस्ले अज्ञानताको अँध्यारोलाई हटाउन मद्दत गर्दछ । आफ्नो जीवन चक्रमा अनेकौँ महत्वपूर्ण कुरालाई थाति राखेर उपलव्ध गरेका प्रमाणपत्र र आफ्नो क्षमताको गलत व्याख्या हुदाँ साच्चै नै मानव जीवनमा नकारात्मक सोचको वृति विकास हुनको लागि प्रभावित तत्व हुन सक्छ । कुनै पनि कार्यस्थल र कार्यरत व्यक्तिको मानसिकतामा स्वच्छता, निष्पक्षताको लागि अनुभूति र आफ्नो कार्यको सहि मूल्याङ्कन हुने संयन्त्रको विकास हुन जरूरी छ । जसले गर्दा चाकडीबाजी, नकारात्मक टिकाटिप्पणी अनि सबल र सक्षम व्यक्तित्वलाई गिराउने किसिमको पद्वति आफैँमा आफूलाई म गलत रहेछु भन्ने कुराको महसुस गराउने प्रणालीबाट नै गर्न सकिएको खण्डमा एउटा असल, प्रतिष्ठावान, सबल, उर्जावान र जवाफदेही राष्टसेवक कर्मचारीको सहि मूल्याङ्कन हुन्छ ।

आजको जस्तो प्रतिसप्रधात्मक र विश्ववयापिकरणको युगमा यसै पनि जीवन तनावग्रस्त हुने र उसले आफ्नो कुरा अरूसँग खुलेर गर्न पनि नचाहने हुन्छ किनकि त्यस्तो कुराको सहि व्याख्या नै हुँदैन र महसुस पनि गर्न सकिदैन। हरेक कार्यालय, शाखा आदिमा नैतिक शिक्षा र अपनत्वको भावना विकास हुन पनि त्यतिकै कठिन देखिन्छ। आफ्नो काम कर्तव्य र निष्ठामा अहोरात्र केन्द्रीत रहने व्यक्ति जहिले पनि एक्लो र निराश नै महसुस गरिरहेको विभिन्न अध्यान अनुसन्धानबाट स्थापित भएको पाईन्छ ।

साँच्चै आफू पनि सकारात्मक रहि सकारात्मक सोच साथै सहकर्मीको आत्मावल वा सहि मार्ग दर्शन दिनु वा समानुभूती दर्शाउनु अत्यन्त जरूरी हुन्छ ।न कि दुःख दिने नियतवस् पक्षपात गर्ने कसैको पक्षपोषण गर्ने र मनोविज्ञानमा आघात पर्ने काम कसैले कसैलाई पनि गर्नु हुँदैन।पदीय जिम्मेवारी र कुर्सी, सर्वोपरी हित र निष्ठावान कर्तव्यको प्रतिविम्व हुन। तसर्थ कसैले पनि त्यसको दुरूपयोग र पुर्वाग्रही बन्नु हुँदैन।

शारीरीक यातना भन्दा मानसिक विक्षीब्तता खतरनाक र क्षतियुक्त हुन्छन्। शारीरीक समस्यामा मानिस सचेत हुन्छ। अरूसँग व्यक्त गर्न सक्छ तर मानसिक पीडा दवाएर नै राखेको अनुभूति गरिएको हुन्छ। सकारात्मक र रचनात्मक मष्तिस्कले कहिले पनि अरूको कुभलो र नराम्रो सोचेको हुँदैन। सधै अग्रगामी वाटो नै रोजेको हुन्छ।तसर्थ कार्य स्थलमा गरिने विभेदकारी प्रवृतीलाई वढावा होईन सकारात्मक तवरले त्यस्तो प्रवृतीलाई निरुत्साही गर्नुपर्छ।कुरा गर्ने र कुरा सुनाउनेलाई भन्दा कामको सही मूल्याङ्कन हुन सकोभने जन प्रतिनिधी साथै कर्मचारी वर्गमा पनि भविश्यमा आउने र भएका मानसिक तनाव, नकारात्मक सोच आफैमा सकारात्मक सोचमा परिवर्तन आउँछ।जन प्रतिनिधीको सही मूल्याङ्कन पनी जनताले चाकडीवाज भन्दा पनी कर्तब्यनिष्ठको पक्षमा भयो भने भलै तुरुन्तै परिणाम मूखि नहोला तर दिर्घकालिन चौतर्फी वाह वाह नै हुन्छ।राम्रो कार्यको तारिफ सवैले गर्नु असल नागरीकको कर्तव्य पनि हो। कसैले पनि कार्य क्षेत्रमा हेपाई गर्ने, हेपाई सहने नगर्नाले पनि तनाव कम हुन्छ।

राम्रो मान्छेले कहिले अरुलाई नराम्रो भन्दैन र नराम्रो मान्छेले कहिले अरुलाई राम्रो देख्दैन तसर्थ कुरा सुनाएर आफ्नो वनाउने भन्दा काम गरेर आफूलाई सहनशिल र कर्मशिल वनाउनेको पक्षमानिर्देशित र स्वाचालीत हुनु पनि आजको आवश्यकता हो।सत्य, धर्म, कर्म, नैतिकता, मानवियता र वास्तविकता वुझ्न पनि ज्ञान, विवेक र सामर्थ्य चाहिन्छ।अन्यथा कमजोर मानसिकता हावी हुन जान्छ र सेवा प्रवाह र प्रभावकारितामा कमी आउँछ।

स्वच्छ, उत्पादनशिल र क्रियाशिल व्यत्तित्व विकाशको लागि स्वस्थ्य मस्तिक हुन जरुरी हुन्छ। त्यसैले सवैले सवैलाई समान अवसर, समान सेवा सुविधा र कार्य क्षेत्रमा एकरुपता ल्याउनको लागि सम्वन्धित निकायले पनि वुझ्नु पर्दछ। कर्मचारीले सर्वप्रथम सेवा प्रवाह गर्ने क्रममा आफूलाई स्वच्छ महसुस हुने वातावरण प्रत्येक कार्य क्षेत्रमा हुनुपर्दछ। कसैवाट हतोत्साही हुने खालका कार्य गर्न र गराउन हुँदैन। कसैलाई पनि मानसिक रुपमा भेदभाव गरी रमाउन  र मज्जा लिन नपाउने गरीको वातावरण र नेतृत्व तहमा वस्नेले पनि सो कुराको हेक्का राखि निर्दोश व्याक्तिलाई दोसारोपण गर्ने, समान सुविधा नदिने र एउटालाई दोहोरो तेहोरो सम्मको सुविधा दिने अर्कोलाई साधारण सम्मपनि सुविधा नपाउने, काम नगर्ने भनी आरोप लाउने र अन्य ठाउँमा काजमा गएरपनि त्यहाँको सुविधा विना ध।क विना लाज लिने व्यवहारको पहिचान हुन जरुरी हुन्छ। जसले गर्दा स्वस्थ्य र निश्चल निर्मल मस्तिष्कको विकाश हुन्छ नत्र भने आपसमा प्रतिशोध उत्पन्न हुन्छ।एक अर्कामा मेलमिलाप हुनको लागि जिम्मेवार व्यक्तिले समान व्यावहार र सम्मान अबशर दिन उत्तिकै जरुरी हुन्छ।

कुनै पनि व्यक्तिले नियत पुर्वक दुःख दिन चाहेमा धेरै कोण उत्पन्न हुने तरिका रहेछन जस्तै कुनै पनि कर्मचारी तीन महिना देखि अन्यत्रै गएको छ तर उसको प्रमूखले अरुलाई निस्क्रिय पार्ने मनसायले अन्यत्र नै कामकाज गरी रहेको कर्मचारीलाई आफ्नै आँखै अगाडी सुविधा दिंदा र त्यस्को विषयमा कुरा गर्दा काम गर्ने कर्मचारी हो त्यसैले दिएको भन्ने उत्तर आउँछ। जव मान्छे नै थिएन भने कसरी उसले काम गर्यो होला त त्यो कुरा कहाँ भन्नेरु अन्त्यमा मार्का पर्ने नै दविएर शानले सुविधा लिएको टुलुटुलु हेर्न वाध्य हुन्छ “तालिम गोष्ठी आदिमा एउटा व्याक्तिलाई दोहोर्‍याईकन, काम गर्ने काम गरी राख तालिमको अवसर लिन्छु नमन” भन्ने युक्ति सार्थक हुन्छ।

कामगर्ने एउटा सुविधा पाउने अर्को वेथितीको पराकाष्ठ, एउटा निर्दोषले टुलुटुलु हेर्नु पर्ने र केही वोले धम्की दिने जस्ता प्रकारका वेथीति कार्यालयमा नै हुने गर्दछन। जसले गर्दाएउटा इमान्दार व्याक्तिको मानसिक एवं भावनात्मक दुवै दृष्टिकोणवाट वेफाईदा देखिन्छ। तसर्थ उपल्लो दर्जाका व्याक्तिले यस्तो वेथिती र वेजिम्मेवार कामलाई पहिचान गर्न पनि जरुरी हुन्छ। जसले गर्दा कार्य क्षेत्रमा नै भेदभाव र पूर्वाग्रह पूर्ण व्यवहारको सामना गर्नु नपरोस।

प्रत्येक व्याक्तिको निष्पक्षता र स्वतन्त्रता राज्यले प्रत्याभुत गरेको अवस्थामा कार्य क्षेत्रमा भएका जिम्मेवार व्यक्तिको यस्तो व्यवहारले साच्चै नै विचलित र मनोवैज्ञानिक असर पर्न जान्छ।कार्य क्षेत्र अवनत्व वोध हुने खालको हुनु पर्ने हो। जहाँ व्याक्तिले आफ्नो जिवन कालको महत्वपूर्ण समय खर्चिएको हुन्छ।तसर्थ ठगेर र गफिएर खानेले गरेको रिपोर्ट तथ्त संगत नहुन सक्छ।त्यस्तो अवस्थामा जिम्मेवारी व्याक्तिले नकारात्मक दृष्टीकोण कै व्याक्तिलाई बडवा दिईरहेको अवस्था हुन्छ वा गलत व्याक्तिले नै उर्जा प्राप्त गरिरहेको हुन्छ। यस्तो वेथिती र वेसंगतीको व्यवहार सम्वन्धित शाखामा सामान्य लाग्छ किन कि उ ठूलो व्याक्तिको चिनेको मान्छे हो।

कस्तो निरिह, तानासाही प्रवृति तथापि उसकै जयजयकार हुन्छ किन कि उ ठूलो मान्छेको आफ्नो मान्छे हो।यति भए सवैजना चाकडी गर्ने र काम लिने तर सही मूल्याङ्कन नगर्ने यस्तो व्यवहारले व्याक्तिको मस्तिस्कमा कस्तो असर पुग्ला त्यही व्यवहार ठूलो मान्छेको आफ्नो मान्छेलाई पर्दा के होला रुरु तसर्थ सवैले आफ्नो जिम्मेवार पदिय मर्यादा लाई सहि सदुपयोग र अरुको मस्तिष्कमा आघात नपर्ने काम गरौं।

स्वच्छ मस्तिष्क नै असल व्याक्तिको पहिचान हो।

असल व्याक्ति नै राष्ट्को आधार स्तन्भ हो । 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.