एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा नेपालको एक स्थान सुधार

Everest Fuji News २०७९ चैत्र ९ मा प्रकाशित       Published at 2023 Mar 23


 अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बुधवार सार्वजनिक गरेको वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो ।एकदिवसीय वरीयतामा नेपालभन्दा पछि ओमान १६ औँ, नामिबिया १७ औँ, अमेरिका १८ औँ, यूएई १९ औँ र पपुवा न्यु गिनी २० औँ स्थानमा छ । नेपालभन्दा अघि ११ औँ स्थानमा आयरल्यान्ड, १२ औँ स्थानमा स्कटल्यान्ड, १३ औँ स्थानमा जिम्बावे र १४ औँ स्थानमा नेदरल्यान्ड्स छ ।एकदिवसीय वरीयतामा भारत शीर्ष स्थानमा रहँदा अस्ट्रेलिया, न्युजिल्यान्ड, इङ्ल्यान्ड र पाकिस्तान क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ नम्बरमा छन् । यस्तै दक्षिण अफ्रिका, बङ्गलादेश, श्रीलङ्का, वेस्ट इन्डिज र अफगानिस्तान क्रमशः छैटौँ, सातौँ, आठौँ, नवौँ र दशौँ स्थानमा छ ।टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भने नेपाल १६ औँ स्थानमा यथावत् छ ।आईसीसीको एकदिवसीय वरीयताअनुसार नेपाल १५ औँ स्थानमा छ । नेपाल ओमानलाई पछि पार्दै १५ औँ स्थानमा उक्लिएको हो । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले वरीयतामा सुधार गरेको हो । नेपालले लिग–२ को पछिल्ला १२ मध्ये ११ खेलमा जित निकाल्दा एकदिवसीय वरीयतामा नेपाल एक महिनामै १९ औँ स्थानबाट १५ औँ स्थानमा आइपुगेको हो ।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.