तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ र प्रधानमन्त्री भेट , दुई देशबीचको आपसी सहकार्य र आपसी हितका बारेमा छलफल

Everest Fuji News २०८० कार्तिक २३ मा प्रकाशित       Published at 2023 Nov 09


काठमाडौं /

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सँग भेट गरेका छन्। बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सचिव वाङ छुङछेङको टोली र नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डबीच भेटवार्ता भएको हो।

प्रधानमन्त्री सचिवालयका अनुसार भेटमा दुई देशबीचको आपसी सहकार्य र आपसी हितका बारेमा छलफल भएको छ। भेटमा प्रधानमन्त्री दाहालले भूकम्पपीडितलाई चीन सरकारले राहत सामग्री प्रदान गरेकोमा धन्यवाद समेत दिए।

उक्त छलफलमा नेपालका लागि चिनियाँ राजदूत छन् सोङसमेत थिए। सोङले सोमबार प्रधानमन्त्री दाहाललाई भेटेर चिनियाँ कम्युनिस्ट पार्टीको नेपाल भ्रमणबारे जानकारी गराएका थिए।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.