पर्यटन क्षेत्र सुधारको निम्ति पर्यटन मन्त्री रविन्द्र अधिकारीलार्इ पाँच सुझाव

Everest Fuji News २०७४ चैत्र ५ मा प्रकाशित       Published at 2018 Mar 19


लेखक टोकियो मेट्रोपोलिटिन विश्वविद्यालयमा स्वास्थ्य पर्यटन तथा पर्यटन पोलिसी मा विद्यावारिधि गर्दै हुनुहुन्छ । नेपालमा प्रजातन्त्र पछाडि जति पनि सरकार बने पर्यटन मन्त्रालय कहिले पनि महत्त्वमा रहेन, नत गणतन्त्र पछाडिका सरकारहरुमा नै यस ले महत्त्व पायो। जसको परिणाम १९९८ को नेपाल भर्मण वर्षमा तोकिएको नेपालमा १० लाख पर्यटक भित्राउने लक्ष्य २०१८ मा आउँदा पनि अजै पूरा हुन सकेको छैन। तर यो बीचमा पनि नयाँ नयाँ सरकारहरुबाट २० लाख, ३२ लाख र ५० लाख पर्यटक नेपालमा भित्राउने भाषणहरु भने सबैले सुनेकै थिए। लक्ष्य लिनु त कुनै समस्या भएन तर लक्ष्य पुरा गर्ने रणनीतिबना उनन सक्नु या भनौं इच्छाशक्ति नै नहुनु अहिले सम्मका पर्यटन मन्त्री र पर्यटन मन्त्रालयको कम जोरी देखिदै आएको छ। कतिसम्म भने १९९८ को नेपाल भ्रर्मण वर्ष पश्चात त्यस को समीक्षा भयोकी भएन अहिलेसम्म थाहा पाउन सकिएको छैन। यदि लक्ष्य पूरा गर्न सकिएन भने के कारणले सकिएन ? के कमजोरीहरु हुन पुगे ? के कुरामा हामी सफल भयौं वा कुन कुन कुरामा हामी असफल भयौं ? अहिले सम्म समन्धित निकायबाट यसको समीक्षा भएको कतै देख्न र पढ्न पाइएको छैन। पाइएको छ त केवल नयाँ नयाँ लक्ष्य र त्यसका असफलताहरु मात्रै। अहिले परिस्थिति बदलिएको छ, सधै भरी बहाना बनेको अस्थिर सरकारको बहाना पनि अब नचल्ने भएको छ। किनकि अहिले नेपालमा मपन्थीहरुको दुईतिहाइ बहुमतको स्थिर सरकार बनेको छ। अज त्यो भन्दा पनि बढी देशले नै आशा गरेको ,विकाश मा रुचि भएको र भिजन भएको युवा नेता रविन्द्र अधिकारी पर्यटन मन्त्रीको रूपमा देशले भर्खर मात्र पाएको छ। अब पर्खाइ छ त रविन्द्र अधिकारीले लिने पर्यटन नीति र रणनीति को। हुनत अहिलेसम्म अबेबस्थित रहेको पर्यटन मन्त्रालयलाई व्यवस्थित बाटोमा ल्याउनु नै उनको लागि चुनौती छ। तर आशा गरौं लिडर शिप राम्रो भयो भने जस्तासुकै चुनौती पनि पार गरेर तोकिएको लक्ष्य पूरा गर्न सकिन्छ। हुनत मन्त्रीज्यूको पहिलो निर्णय बाहिर आइसक्यो सफलता को कामना। हुनत हरेक मन्त्रीको पहिलो निर्णय मन्त्री को नभएर सचिवको हुने गर्दछ । त्यसैले त्यो विषय तिर नजाऊ । पर्यटन क्षेत्र सुधारको लागि गर्न सकिने सुझावहरू १ . डेटा बेसको निर्माण सर्वप्रथम त पर्यटक डेटा बेसको निर्माणमा ध्यान दिँदा राम्रो होला, किनकि बिना तथ्याङ्कका नीति तथा योजनाहरु न त प्रभावकारी हुन्छ नत दीर्घकालीन ? २. पूर्वाधारमा जाेड सर्वप्रथम त्रिभुवन विमानस्थलको जति सकियो छिटो क्षमता अभिवृदि गर्दा राम्रो नयाँ योजनाहरुको लागि समय बढी लाग्ने गर्दछ। पर्यटकले जहिले पनि वर्तमान मा के भइरहेको छ र के सुविधा पाइएको छ, त्यस मा मात्र ध्यान दिन्छ। भविष्य सँग पर्यटक कुनै मतलब हुँदैन। ३. गन्तव्य ब्याबस्थापन अहिले विदेशी लगानीको नाममा ठमेल, पोखरा लगायत देशका प्रमुख पर्यटकीय स्थानमा भारतीय रचाइ निजहरुको दबदबाछ, जसले नेपालको स्थानीय उत्पादन, स्थानीय खाना र स्थानीय संस्कृति संकटमा छ जुन नेपालको पर्यटन को विकाशको लागि अभिसाप हुन सक्छ। ४. पर्यटकको संख्या बढाउने पर्यटकको संख्या बढाउने योजना भन्दा गुडस्तरिय पर्यटक बढाउने योजना र नीतिहरुमा ध्यान दिनु जरुरी जस्तो लाग्छ। जसको लागि उच यम अत, उच यामको राम्रो सँग विश्लेषण गरेर पर्यटकहरु नेपालमा के चाहन्छन त्यसमा आधारित भएर रणनीतित र्जुमा गर्दा अवस्य आशातित सफलता पाउन सकिन्छ। ५. पर्यटन बोर्डमा आमूल परिवर्तन नेपालको पर्यटनको विकाश यदि गर्ने हो भने पर्यटन बोर्डमा आमूल परिवर्तन गर्नु जरुरी छ। कम्तीमा पनि त्यहाँ हुने राजनीतिक नियुक्तिलाई पूर्ण रूपमा बन्द गर्नुपर्दछ भने अनुसन्धानमा विशेष ध्यान दिनुपर्दछ। किनकि हरेक योजना तथा रणनतिहरु अनुसन्धानको आधारमा बनाउनु पर्दछ न की कुनै तथ्य बिना कर्मचारीको टेबलबाट। यसले मात्रै तोकिएको लक्ष्य प्राप्तिमा मद्दत गर्नेछ। अनुसन्धान को लागि नेपालमा भएका विश्वविद्यालय तथा अनुसन्धान कर्ताहरलाई सहभागी बनाउनु सबै भन्दा राम्रो हुनसक्छ। अन्तमा नेपालमा पर्यटन विकासको लागि पूर्वाधार, जनसक्ति ,गन्तव्य सम्रक्षण , शिक्षा, र प्रवद्र्धन प्रमुख आधार भएता पनि प्रार्थमिकता को आधार नीति तथा रणनीतिहरु बनाउँदै गएमा अवस्य पनि लक्ष्य प्राप्ति हुनेछ। अन्यथा योजना त ठूला ठूला बन्नेछ नत्र तिनीहरू कहिल्यै पूरा हुने छैनन्।  ( ourtourismnews.com)


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.