पत्नी हाड छाला घोट्ने, पति ब्याग बोकेर हिंड्ने , नेतागिरी गर्ने -सन्दर्भ : अन्तरराष्ट्रिय नारी दिवस )

Everest Fuji News २०७४ फाल्गुन १९ मा प्रकाशित       Published at 2018 Mar 03


प्रेमिला गौचन , टोकियो , जापान । जापानमा जुन उद्देश्यले आएका छन, त्यही अनुपातमा हिड्दा जो सुकैको जीवन या पारिवारिक माहोल सहज हुनेछ। अध्य्ययन , अनुसन्धान , रोजगार या व्यवसाय जुन सुकै बिधाको व्यक्तित्व भयता पनि आ आफ्नै मार्गमा हिड्दा गन्त्यव्यमा पूग्न सहज हुने उदाहरणहरु छन । जापान स्थित टोकियोमा हुने अधिकाँस कोठे बैठकले परिवारमा एउटा वितिष्णा ल्याइ दिएको छ । जापानका अधिकाँसको श्रीमती एका बिहानै उठ्छन , बेन्तो ( खाजा ) तयार गर्छन् , कोठा , टवाइलेट सफा गर्छन् त्यसपछी पतिदेवलाई चिया या जुसले सत्कार गर्दै , उठिस्यो न राजा , बाबा , अर्थात उठ न बुडो भन्दै मुसार्दै उठाउनु पर्ने , जगाउनु पर्ने । तर सबै जोडीमा यो लागु नहुन पनि सक्छ । आफ्नो श्रीमानलाई ब्युझ्याउदै हतार हतार ट्रैन पक्रन जान्छिन , उनलाई अरु केही चिन्ता हुँदैन , सिर्फ काम छुट्छ कि भन्ने डर मात्रै । दिनभर काम बाट लखतरान भएर थाकेर आएकी हुन्छे , तर उस्लाई चुलो चौकाकै पिर हुन्छ । नुहाइ धुवाइ गर, खाना पकाउ , श्रीमानको लागि तयारी गर आदी इत्यादी । तर टोकियोमा भएका कतिपयका श्रीमानहरु रोजगार नगर्ने , गरे पनि छोटो गर्ने या फूल काम गरे पनि बिदाको दिनमा साथीहरु सँग रमाउने , रेष्टुरेन्ट धाउने , फन्टुस गफ छाट्ने , जापानको दोस्रो नागरिकको हैसियतमा रहेका नेपालीहरु पनि नेपालका राजनैतीक घटनाक्रमका ठुला ठुला गफ चुटेर समय व्यतित गर्ने । मैले यो लेखिरह्दा कतीपयका श्रीमानहरुको चित्त दुखेको पनि हुन सक्छ , यो यथार्थ हो , तथापी श्रीमती पीडित हरु पनि नगन्य रुपमा नभएका भने होइनन । कतिपयका श्रीमतीहरु पनि श्रीमानको कमाइमा फुर्ती देखाउनेहारुको पनि कमी छैन यहाँ । यस पन्तिकारलाई अचम्मित पारेको के हो भने जो कहिल्यै पनि ग्यादरिङ्गमा नदेखिएकाहरु राम्रो बिजिनेसम्यान भएका छन । जापान आएको केही वर्ष भित्रै विद्द्यावरधी गरेकाहरु निकै भेटिएका छन भने युगल जोडीहरुको राम्रो कमाइले नेपालमा राम्रो रेमिट पनि गरेका छन । महिलाहरुमा पनि विकराल विकृति बढ्दै गएको - जापानमा भएका नेपाली महिलाहरुलाई पश्चिमा सँस्कृतिले पनि निकै छोएको छ । वेबी सावर , बर्थ डे पार्टी या म्यारिज एनीभर्सरी ( वैवाहिक वर्षगाठ ) जस्ता अनावश्यक अाडम्वरले पनि महिलाहरुलाई निकै अस्वस्थ्य प्रतिष्प्रधामा धकेल्दै गएको छ । यस्ता किसिमका पार्टीहरु गर्ने इच्छा भएका व्यक्तिहरुले आफ्नै परिवार र छरछिमेकहरुलाई मात्रै निम्तो गरेर रमाइलो गर्दा उत्तम होला , यद्दपी सबै चिने जानेका टाढा टाढा दुरिमा बस्ने , हितैसी तथा नातेदारलाई निमन्त्रणा गर्दा उनिहरुलाई आर्थिक भार पर्ने र समयको दुरुपायोग पनि हुन जान्छ , त्यसको बदलामा उनिहरुको पनि पैचो तिर्दा आफुलाई झन आर्थिक र समयको दुरुपयोग हुन्छ । वास्तव मै भन्ने हो भने वर्षै पिच्छे मनाउने वर्षगाठ्ले पक्कै पनि नेपाली चेलीहरुलाई अस्व्स्थ्य प्रतिष्प्रधा निम्त्याउने कुरामा पक्कै पनि दुई मत छैन । विषेशत: वैवाहिक वर्षगाठ विवाह भएको २५ वर्षमा मा सिल्वर र ५० वर्ष भए पछी गोल्डेन जुब्ली एनीवर्सरी मनाउने पश्चिमा चलन छ । समग्रमा श्रीमान भन्दा श्रीमतीहरु नै बढी पीडित : चाइनिज , कोरियन , भियतनाम लगायत युरोप र अमेरिकनको तुलानामा नेपाली जनसंख्या नगण्य रुपमा भएको नेपालीहरुको अनगिन्ती संघ संस्था , राजनैतीक भात्री संगठन , क्षेत्रीय संगठन , जातिय संगठन , टोल या गाउ संगठन , अगाडि इत्यादी , ७० हजार भन्दा बढी नेपाली जनसँख्या भएको जापानमा ७० भन्दा बढी संघ संस्थाहरु जन्मिएका छन । तर यस्ता अनगिन्ती अनावश्यक सस्थाहरुले पनि पुरुष हरुलाई अनावश्यक व्यस्तता बनाएको छ । यसरी अनावश्यक व्यस्तता हुनको सट्टा बरु १,२ घण्टा बाइतो ( काम ) गर्दा या सृजनशिल काममा आफुलाई समर्पित गर्दा राम्रो परीणामको फल दिने विश्लेषकहरु बताउछन । बरु १,२ घण्टा नै किन नहोस् त्यो अनावश्यक व्यस्तता भन्दा यस बाट आएको कमाइले सामाजिक काममा खर्च गर्न सकिनेछ । नेपाली भन्दा अन्य देशको जनघनत्व बढी भए पनि न उनिहरुको कुनै जातिय संगठन छ त न कुनै राजनैतीक संगठन , यती सम्मकी जापानमा च्याउ सरी उम्रिएका नेपाली लगायत जापानी , भियतनामी , फ्रेन्च खानाको रेस्टुरेन्न्टको प्रवेशद्वारमा नेपाली झन्डा झुन्ड्याइएको हुन्छ । तर नेपाली रेस्टुरेन्टको तुलनामा अन्य देशको रेस्टुरेन्टको नगण्य भए पनि उनिहरुको पसलमा कुनै पनि देशको झन्डा झुन्ड्याइएको हुँदैन । तर नेपालीहरु फेसेनेबल भएका हुन या ग्राहक तान्ने मेसो । समग्रमा अर्काको देशमा जथाभावी झन्डा प्रयोग गर्दा सम्बन्धित देशको वैधानिकता पनि प्रश्न उठ्ने गर्दछ । तर यस्ता गम्भिर बिषयहरुमा पुरुषको ध्यान केन्द्रित नभएको देखिन्छ । ध्यान सिर्फ ब्याग बोक्ने , ब्याज लगाउने , ड्यासमा आसिन हुने र श्रीमतीले कमाएर ल्याएको पौरख , १,२ मान समाजलाई चन्दा दिएर वरिष्ठ समाजसेवी बन्ने । समाज सेवी बन्नु छ त आफ्नै कमाइले अनुदान दिएर बन्न्दा राम्रो हुने विश्लेषकहरुको भनाई छ । नारी दिवसको महत्व र औचित्य सन १९०८ को मार्च ८ बाट मनाइदै आएको यस अन्तरराष्ट्रिय नारी दिवस अहिले अमेरिका लगायत विस्व भरी मनाउने गरेको छ । सन १९०८ मा अमेरिकाको न्युयोर्कमा पन्ध्र सय महिलाहरु एकिकृत भई लैगिक अधिकारको लागि आफ्नो मताधिकारको लागि आन्दोलन गरेका थिए । त्यसको १ वर्ष पछी अन्तराष्ट्रिय नारी दिवस भव्य्ताको साथ मनाउउदै आएको छ र यसै वर्ष संयुक्त राष्ट्र संघमा पनि सुचिकृत भएको थियो । यसैको आधारमा सोसियलिष्ट डेमोक्र्याट अफ अमेरिकाको राजनैतीक संगठनको पनि प्रादुर्भाव भएको थियो । सन १९०० बाट महिलाहरुले लैगिक अधिकारको लागि आन्दोलन गरे पनि पनि सन १९०८ बाट बैधानिकता पाए भने सन १९११ मा १७ राष्ट्रहरुको १०० जना महिलाहरुको समुहले अन्तरराष्ट्रिय महिला दिवस मनाउन सुरु गरेका थिए । जुन अस्ट्रिया,,डेनमार्क , जर्मनी र स्विट्जर्ल्यान्डमा मार्च १९ मा मनाएका थिए । तर सन १९१३ देखी सन १९०८ को मार्चमा संयुक्त राष्ट्र संघमा सुचिकृत भएको दिनलाई नै अन्तरराष्ट्रिय महिला दिवसको रुपमा मनाइदै आएको छ । जापानमा भोली ( आइतवार ) सरिता ढकालको नेत्रुत्वमा नारी दिवस मनाइदै .. कवियत्री सरिता ढकालको सँयोजकतामा भोली दिनको ठीक २ बजे सोलमारी सभाहलमा नारी दिवस मनाउने कार्यक्रम रहेको छ । यसमा इच्छुक महिलाहरु सहभागी भइदिनको लागि हार्दिक आव्व्हान गरेको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.