महासङ्घ निर्वाचनः मतदान सम्पन्न, आजै मतगणना

Everest Fuji News २०७३ चैत्र २९ मा प्रकाशित       Published at 2017 Apr 11


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि बिहान ८:३० बजेदेखि सुरु भएको चुनावमा मतदान सकिएको छ। विभिन्न ६८ पदमा नयाँ नेतृत्व छान्न विहान ८:३० बजेदेखि चुनाव हुन भएको हो। निर्वाचन अधिकृत लीलामणि पौड्यालका अनुसार मतदानका लागि ४ घण्टाको समयसीमा तोकिएको थियो। वस्तुगत र जिल्ला नगरमा क्रमशः ९९ र १०४ मत खसेको छ। आजै ३ बजेदेखि मत गणना सुरू हुने निर्वाचन समितिले जनाएको छ। वरिष्ठ उपाध्यक्ष, जिल्ला,नगर उपाध्यक्ष, वस्तुगत उपाध्यक्ष र एसोसिएटमा चुनाव हुन भएको हो। एसोसिएटको उपाध्यक्ष सर्वसम्मत भइसकेका छन्। एसोसिएटको पदाधिकारीमा चुनाव भएको हो। एसोसिएटमा २२ जना प्रतिस्पर्धामा छन्। १९ जनाको प्यानल शेखर गोल्छाले बनाएका छन् भने किशोर प्रधान प्यानलबाट तीन जनाले उम्मेदवारी दिएका छन्। वरिष्ठ उपाध्यक्ष पदका शेखर गोल्छा र किशोर प्रधान प्रतिस्पर्धामा उत्रिएका छन्। त्यसैगरी, जिल्ला, नगरको उपाध्यक्षमा गोल्छा प्यानलबाट दिनेश श्रेष्ठ र प्रधान प्यानलबाट प्रमोद श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन्। एसोसिएटबाट उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकाल सर्वसम्मत भइसकेका छन्। वस्तुगतको उपाध्यक्षमा उमेश श्रेष्ठ, अनुप मल्ल र शंकर पाण्डे चुनावी मैदानमा छन्। श्रेष्ठ र पाण्डे क्रमश: गोल्छा र प्रधान प्यानलबाट हुन्। मल्ल स्वतन्त्र हुन्। जिल्ला,नगर, द्विराष्ट्र, प्रदेश र संस्थापकहरुबाट एक जना गरी ३३, एसोसिएटमा १९ र वस्तुगतमा १४ जनाका लागि चुनाव भएको हो।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.