आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा २० औं फेवा नव वर्ष महोत्सव सुरु

Everest Fuji News २०८२ बैशाख २ मा प्रकाशित       Published at 2025 Apr 15


काठमाडौं/


 पर्यटनको राजधानी पोखरामा आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले २० औं फेवा नव वर्ष महोत्सव सुरु भएको छ ।होटल संघ पोखरा नेपालद्वारा नयाँ वर्ष–२०८२ अवसरमा शनिबार सुरु भएको महोत्सव लेकसाइडको सडक बन्द गरी ३ दिनसम्म चल्नेछ ।पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवाताल किनार अम्बोटमा आयोजित सभामा महोत्सवको उद्घाटन गरे ।पोखरा नेचर, कल्चर एड्भेञ्चर तिनै हिसाबले उत्कृष्ट रहेको बताउँदै उनले यस्तो विशिष्टताको अनुभव गर्न सकिने बनाउने दायित्व पर्यटन व्यवसायीको भएको जनाए ।पोखराको यातायात क्षेत्र आधुनिक र प्रविधिमैत्री बनाउने कार्य अगाडि बढिसकेको उनले जानकारी दिए । पोखरालाई पर्यटनको राजधानी घोषणा गरेपछि पर्यटनमा यसको प्रभाव सकारात्मक परेको बताउँदै उनले नयाँ विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान थपिंदै जाने विश्वास व्यक्त गरे ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.