काठमाण्डाै /
२०८२ को पहिलो शेयर कारोबार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव १४ अङ्कले बढेर २ हजार ६ सय ८९ दशमलव २२ विन्दुमा पुगेको छ ।आज कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोशी विकास बैंक, नेपाल माइक्रो इन्सुरेन्स कम्पनी, क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन बलेफी हाइड्रोपावर कम्पनीको शेयर भने साढे ९ प्रतिशतभन्दा धेरैले घटेको छ ।आज म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक र लगानी समूहको शेयर २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।