Everest Fuji News२०७३ चैत्र २७ मा प्रकाशितPublished at 2017 Apr 09
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलबाट कर उठाउन गाह्रो नभएको बताएका छन्। आइतबार संसदको सार्वजनिक लेखा समितिका प्रत्यक्ष उपस्थित भएर प्रधानमन्त्री दाहालले एनसेलको सेयर स्वामित्व बापतको कर उठाएरै छाड्ने बताए।
उनले क्रेता र बिक्रेता दुवैसँग छलफल भैरहेको भन्दै दुवै पक्षलाई राखेर उचित निर्णय लिने बताए। ‘एनसेल यहाँ छ, कहीँ गएको छैन’, उनले भने, ‘हामी जसरी पनि कर उठाउछौँ।’
मन्त्रिपरिषदमा कर छुटका बारेमा निर्णय भएको भन्ने कुरा हल्ला मात्रै भएको उनको भन्दै उनले त्यसबारेमा मन्त्री परिषदमा कुनै निर्णय नभएको जानकारी दिए।
उनले कर छुटको विषय मिडियामा आउनु र त्यसमार्फत सरकारको आलोचना हुन स्वभाविक भएको बताए। उनले मिडियाको काम सरकारलाई सचेत बनाउनु रहेको रहेको बताए। उनले दोषीले सजाय पाउनुपर्ने भन्दै अगाडि भने, ‘दोषीले उनमुक्ति पाउँनु हुँदैन। राज्यले कर लिने विषयमा कसैसँग सम्झौता गर्दैन।’
कर छिटो असुल गर्ने विषयमा मन्त्रिपरिषदमा छलफल भएको भन्दै प्रधानमन्त्री दाहालले लाभकर बिक्रेतासँग लिने कुनुन भए पनि त्यसो नगरिएको विषयमा छानबिन हुने बताए।