नवनियुक्त गर्भनर डा पौडेलद्वारा पदभार ग्रहण

Everest Fuji News २०८२ जेठ ८ मा प्रकाशित       Published at 2025 May 21


काठमाडौं /


नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले पदभार ग्रहण गर्नुभएको छ । 

आज प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत समक्ष शपथ लिएपछि नवनियुक्त गभर्नर पौडेल बालुवाटार स्थीत राष्ट्र बैंकको कार्यालय पुगेर पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै गभर्नर पौडेलले सरकारले ल्याउने बजेट कार्यान्वयनका लागि सोही अनुरुप मौद्रिक नीति तर्जुमा गर्ने बताउनुभएको छ ।नवनियुक्त गर्भनर प्राडा विश्व पौडेलले सन् २०१० मा अमेरिकाको युनिभर्सिटी अफ क्यालीफोर्नियाबाट विद्यावारिधी गर्नुभएको छ । पौडेलको विषय विज्ञता अर्थशास्त्रका अलावा कृषिस्रोत, स्रोत व्यवस्थापन र श्रम अर्थतन्त्र र आर्थिक इतिहासको समेत दक्षका रुपमा चिनिनु हुन्छ । उहाँ अन्र्तराष्ट्रिय श्रम संगठन (आईएलओ) को आर्थिक सल्लाहकारको समेत जिम्मेवारी पुरा गरिसक्नु भएको छ । भने २०७८÷८० मा अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकार, २०७८÷७९ मा राष्ट्रिय योजना आयोगका उपाध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको थियो । यसैगरी, अन्र्तराष्ट्रिय पर्वतीय विकास केन्द्र (ईसीमोड) को बोर्ड अध्यक्ष समेत भएका पौडेल सन् २०१५–१७ मा मिलेनियम च्यालेन्ज नेपालमा अर्थशास्त्रीका रुपमा काम गर्नुभएका पौडेलले चीनको सिचुवान विश्वविद्यालय, चिनको साउथ चाईना एग्रिकल्चर युनिर्भसिटीदेखि अमेरिकाको युनिभर्सिटी अफ क्यालीफोर्निया, बर्कलेमा भिजिटिङ प्रोफेसरको समेत जिम्मेवारी सम्हाल्नु भएको अनुभव रहेको छ ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.