काठमाडौं /
सेयर कारोबार मापक नेपाल स्टकएक्चेञ्ज नेप्से परिसूचक मंगलबार २८ दशमलव ९१ अंकले बृद्धि भएको छ ।
सोमबारको तुलनामा १ दशमलव ०९ प्रतिशतले बढेसँगै नेप्से २ हजार ६ सय ६० दशमलव ३९ विन्दुमा पुगी शेयर कारोबार बन्द भएको थियो । मंगलबार कारोबारमा आएकामध्ये २ सय १७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ३१ वटा कम्पनीको घटेको नेप्सेले जनाएको छ । मंगलबार ७० हजार २ सय १४ पटकको कारोबारमा १ करोड ५७ लाख ६४ हजार १ कित्ता सेयर किनबेच भएको छ भने ती किनबेचमा ७ अर्ब ३ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । सोमाबरको तुलनामा कारोबार रकम समेत बढेको छ । सोमबार ६ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको थियो ।।