मुलुकको समृद्धिका लागि पर्यटन क्षेत्र शक्तिशाली बिकल्प :अर्थमन्त्री

Everest Fuji News २०८२ असार २२ मा प्रकाशित       Published at 2025 Jul 06


काठमाडौं/


अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको समृद्धिका लागि पर्यटन क्षेत्र शक्तिशाली बिकल्प भएको बताउनु भएको छ ।

काठमाडौंमा आयोजित पर्यटनमा बजेट प्रथमिकता, कार्यान्वयन र उपलब्धी बिषयक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा हिजो उहाँले सो कुरा बताउनु भएको हो । उहाँले मुलुकको समृद्धिका लागि धेरै बिकल्प भएपछि त्यसमध्ये पर्यटन क्षेत्र शक्तिशाली बिकल्प भएको बताउनु भएको छ । उहाँले पर्यटनका सम्भावनालाई कार्यान्वयन गर्न देशभित्रका साथै देशबाहिरको लगानीलाई आमन्त्रण गर्नुपर्ने समेत बताउनु भएको छ । उहाँले पर्यटन क्षेत्रमा राज्यकातर्फबाट मात्रै गर्ने लगानीले नपुग्ने बताउदै बजेट निर्माण गर्दा समेत लगानी भित्राउने र त्यसका लागि सहज वातावरण बनाउन ध्यान केन्द्रीत गरेको दाबी समेत गर्नुभएको छ ।

उहाँले राजनीतिक स्थायीत्व कायम गर्दै मुलुकको बिकास गर्नुपर्ने धारणा राख्नुभएको छ ।। 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.