नेपाल भ्रमण र नेपाल फेस्टिबलको निम्तो दिदै फुजी हिमाल चुमे कान्साइका युवाहरुले

Everest Fuji News २०७३ असार २७ मा प्रकाशित       Published at 2016 Jul 11


imageनेपाल फेस्टिवल टोकियोको दिन नजिकिदै गर्दा नेपाल र जापानबासी नेपालीहरुको गर्वसंग जोडिएको यो पर्वलाई सफल बनाउन आफ्नो आफ्नो तर्फबाट सबै लागि परेका छन् । यसै क्रममा एनआरएनए अभियानमा सक्रिय कान्साई बासी युवाहरुको समूहले जापानको सर्वोच्च शिखर माउन्ट फुजीको शिखर चुमेका छन् । माउन्ट फुजीको चुचुरोमा जापानिज र उपस्थित अन्यहरुलाई नेपाली झन्डा फ़र्फ़राउदै र बुद्ध नेपाल जन्मेका हुन् भन्ने संदेश दिंदै एनआरएनए जापानको आयोजनामा हुन लागेको नेपाल फेस्टिवल टोकियोको जानकारी दिंदै नेपाल भ्रमण को निम्ति जापानिज समुदायलाई दिएका छन् । एनआरएनए कान्साईको निवर्तमान संयोजक नरेन्द्र बस्नेत (दिनेश)को नेतृत्व गएको टोलीमा एनआरएनए कान्साईको सल्लाहकार द्वय सुनिल के सी, महेश कटवाल,कोषाध्यक्ष कृष्ण शर्मा गैरे, एनआरएनए कान्साईको युवा तथा कार्य समिति सदस्य प्रेम कंडेल,बिष्णु सापकोटा तथा तथा जनसम्पर्क समिति कान्साईका संयोजक हरि प्रसाद कंडेल एनआरएन कान्साइको सक्रिय सदस्य अमर थापा र राम चन्द्र काफ्ले (रोबर्ट) लगायतको भ्रमण दलमा सहभागिता थियो । नौं सदस्य टोलीले जुलाई १० तारिक दिनको १२: १५ मा जापानको सर्वोच्च शिखर माउन्ट फुजी चुम्न सफल भएका हुन् । नौं सदस्यीय भ्रमण दलको संयोजन विष्णु सापकोटाले गर्नु भएको थियो । साभार: नेपालजापान डटकम


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.