गैरआवासिय नेपालीसंघ र सेन्चुरी पर्यटन ब्यवशायीद्वराअन्नपूर्ण घोषणापत्र जारी
Everest Fuji News२०७३ कार्तिक २ मा प्रकाशितPublished at 2016 Oct 18
गैरआवासिय नेपालीसंघ र सेन्चुरी पर्यटन ब्यवशायीद्वराअन्नपूर्ण घोषणापत्र जारी
अन्नपूर्ण क्षेत्रमा रहेको ट्रेकिंङ रुटको प्रवद्र्धनका लागी १० बुदे पर्यटन प्रवद्र्धन धम्पुस घोषणापत्र जारी गरिएको छ । गैर आवासिय नेपाली संघ र सेन्चुरी पर्यटन ब्यवशायी समितिले अन्नपूर्ण क्षेत्र अन्तर्गत पर्ने धम्पुस, छोमु्रङ, हुदै माछापुछ्रे आधार शिविर पुग्ने ट्रेकिंङलाई नया ढंगले सञ्चालन गर्नका लागी धम्पुस घोषणा पत्र जारी गरिएको हो ।
गैर आवासिय नेपाली संघका वरिष्ठ उपाध्यक्ष भवन भट्ट, सेन्चुरी पर्यटन ब्यवशायी समितीका अध्यक्ष दल बहादुर गुरुङ, पूर्व वन तथा भु संरक्षण मन्त्री किरण गुरुङ, संसद बिकास समितीका सभापति रविन्द्र अधिकारी र सांसद सिता गिरी वलीले उक्त घोषणा पत्रमा हस्ताक्षर गरी घोषणापत्र जारी गरिएको हो ।
घोषणा पत्रमा अन्नपूर्ण क्षेत्रको ट्रेकिङ रुटको प्रवद्र्धनका लागी गैर आवासिय नेपाली संघ र सेन्चुरी पर्यटन ब्यवशायी समितीले संयुक्त रुपमा काम गर्ने, अन्नपूर्ण क्षेत्रमा पर्ने जैविक बिविधताको संरक्षण र सम्बद्र्धनमा दुवै सस्थाले संयुक्त रुपमा काम गर्दै धम्पुस, छोमु्रङ हुदै जाने ट्रेकिङलाई गैर आवासिय नेपाली संघ र सेन्चुरी पर्यटन ब्यवशायी समितीले आफ्नै ब्राण्डको रुपमा नाम दिएर अगाडी वढ्ने बताएको छ।
अन्नपूर्ण क्षेत्रमा जलवायु परिवर्तनले पारेको असर लाई मध्यनजर गर्दै त्यसको असरलाई न्युनिकरण गर्दै यसको वारेमा आम पर्यटकलाई जानकारी दिदै पर्यटन प्रवद्र्धनमा अगाडी वढ्ने, अन्नपूर्ण क्षेत्रमा ग्रामीण पर्यटकलाई आकर्षित गरी ग्रामीण भेगमा उत्पादन हुने वस्तुहरुको प्रवद्र्धन गरी अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार गरी बाह्य पर्यटक भित्रयाउन पहल गर्ने, एन आर एन जापान र धम्पुस गाउ बिच सहकार्य गरी धम्पुस गाउमा उत्पादन हुने स्थानिय सामाग्रीलाई अन्तराष्ट्रिय बजारमापुर्याउने, अन्नपूर्ण क्षेत्रमा बोटानिकल गार्डेन र ज्योलोजिकल गार्डेन निर्माण गरिने भएको हो।
गैर आवासिय नेपाली संघ र नेपाली राजदुताबासको सहकार्यमा अन्नपूर्ण क्षेत्रको बारेमा अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार गर्ने, बायो डाइभर्सिटी र हिमाली क्षेत्रमा जलबायु परिवर्तनले पारेको असरको बारेमा अध्ययन अनुसन्धानका लागी अन्नपूर्ण क्षेत्रलाई अगाडी वढाउने र एन आर एनले बिदेशमा रहेका एनआरएनले प्रति ब्याक्ति ३ जना पर्यटकलाई नेपाल घुम्नका लागी आब्हान गरी अतिथीदेवो भव अभियान सञ्चालन गर्ने कुरा उल्लेख गरिएको छ ।