काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण भएको छ ।
मन्त्री भट्टराईले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी शनिबार सामाजिक सञ्जालमार्फत दिएका छन् ।
सोमबार परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आए पनि शुक्रबारदेखि हल्का ज्वरो आएपछि शनिबार पुनः परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको उनले बताएका छन् ।