नेपाल एयरलाइन्सले जापानको नारितामा पायो चार्टर्ड उडान अनुमति

Everest Fuji News २०७६ श्रावण १६ मा प्रकाशित       Published at 2019 Aug 01


१६ साउन, काठमाडौं । नेपाल वायुसेवा निगमले जापानको नारितामा चार्टर्ड उडानको अनुमति पाएको छ । यसअघि निगमले जापानको ओशाकामा मात्र सेड्यूल फ्लाइटको अनुमति पाएको थियो । सोहीअनुसार निगमले आगामी भदौ दोस्रो सातादेखि ओशाकामा नियमित उडान थाल्दैछ । आजको अनलाइन खबरमा समाचार छ ।

ओशाका जापानमा कम नेपाली बस्ने क्षेत्र हो । नारितामा भने निगमले धेरै यात्रु पाउने अपेक्षा छ । किनकी नारिता विमानस्थल जापानको राजधानी प्रवेश गर्ने मूख्य हवाई द्धार हो ।

निगमले आगामी अक्टोबरबाट चार्टर्ड उडान गर्ने गरी अनुमति प्राप्त भएको निगमका प्रवक्ता गणेशबहादुर चन्दले जानकारी दिए । निगमले नारितामा सेड्यूल फ्लाइट गर्न खोजे पनि अनुमति पाएको छैन ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.