कामीरिता शेर्पाले आफ्नै रेकर्ड ताड्दै २३औँ पटक सगरमाथाको सफल आरोहण ...

Everest Fuji News २०७६ जेठ १ मा प्रकाशित       Published at 2019 May 15


१ जेठ, सोलुखुम्बु ।

कामिरिता शेर्पाले २३ औं पटक सगरमाथा आरोहण गरेर नयाँ विश्व कीर्तिमान राखेका छन् । सोलुखुम्बुको थामे गाउँका ४९ वर्षिय कामिरिताले आफ्नै नाममा रहेको सर्वाधिक २२ औं पटकको विश्वकिर्तिमानलाई तोड्दै २३ औं पटक सगरमाथाको चुचुरोमा पुगेका हुन् ।

कामिरिता शेर्पा र निमा ओङ्दी शेर्पा आज बिहान ७ बजेर ५० मिनेट जाँदा सगरमाथाको शिखरमा पुगेको पर्यटन विभागले जनाएको छ । उनले सेभेन समिट ट्रेक्स कम्पनीबाट आरोहण गरेका हुन् ।

सोलुखुम्बुका कामीरितासँगै वाङ्दी शेर्पा र केही विदेशीले समेत सगरमाथाको सफल आरोहण गरेका छन् । कामीरिता यसपटक विदेशी आरोहीका लागि हाई अल्टीच्युट गाइड तथा लिडरको जिम्मेवारी लिई सगरमाथा चढेका थिए ।

श्रीमती लाक्पा जाङ्मु शेर्पासँग

सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका शेर्पाले २५ पटक चुचुरोमा टेकेपछि विश्राम लिने बताउदै आएका छन् । सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका शेर्पाले २५ पटक चुचुरोमा टेकेपछि विश्राम लिने बताएका छन् ।

बौद्ध धर्मअनुसार एक महिनाअघिदेखि गुम्बामा पूजापाठ गरी आरोहणमा गएका शेर्पाले आरोहण कठिन हुने भए पनि आफूलाई सामान्य लाग्ने बताए ।

चुचुरो चड्न अघी बिबिसीसँग कुर गर्दै उनले आफुले यो जोखिम पेशा अङगाले पनि छोराछोरिलाई चाँही राम्रो शिक्षा दिने तर यो पेशातिर नलगाउने बिचार व्यक्त गरे । सोलुखुम्बुको बिकट गाउमा जन्मेका शेर्पा भारत सरकारले आरोहिलाई राम्रो तलब सुबिधा दिए जस्त्तै नेपाल सरकारले पनि आरोहिको उचित सम्मान गर्नु पर्ने बताए । सरकारले विमा स्वरुप दिने १५ लाखले परिवार को लागि केही पनि नहुने बताएका थिए । उनलाई विभिन्न ठुला ठुला विदेशी कम्पनीहरुले मिलेर काम गर्ने अफर आएको तर उनले यि सबै अवसरलाई इन्कार गर्दै आएको बिबिसीसँग बताए । आरोहणको बाटोमा भएका फोहोरहरु सबैले फाल्नु पर्छ , पैसा खाने काम मात्रै गर्न हुँदैन । " उनले थपे



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.