पर्यटन बोर्डको सञ्चालक समितिमा धमला र पौड्याल

Everest Fuji News २०७५ फाल्गुन ८ मा प्रकाशित       Published at 2019 Feb 20


काठमाडौं (अस) । नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा पम्फा धमला र विप्लव पौड्याल छानिएका छन् । दुवैलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सञ्चालक समितिको सदस्यमा चयन गरेको हो । धमला लाङटाङ रि ट्रेकिङ एन्ड एक्सपिडिशनकी व्यवस्थापक निर्देशक हुन् । धमलासँग ट्रेकिङ र पर्यटन क्षेत्रको लामो अनुभव छ ।

त्यस्तै, अर्का सदस्य पौड्याल होटल बाराही, बाराही जंगल लज, साराङकोट माउन्टेन रिसोर्ट एन्ड स्पाको कार्यकारी निर्देशक र पोखरा अल्ट्रालाइटका अध्यक्ष हुन् । उनी होटल संघ पोखराका पूर्वअध्यक्ष हुन् । उनले क्षेत्रीय होटल संघ पोखराको उपाध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.