सोल्टीको ४४औं साधारणसभा : १० प्रतिशत बोनस र १६ दशमलव ३१ प्रतिशत नगद लाभांश पारित

Everest Fuji News २०७५ पुष २७ मा प्रकाशित       Published at 2019 Jan 11


काठमाडौं  । सोल्टी होटल लिमिटेडले शेयरधनीलाई चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर र १६ दशमलव ३१ प्रतिशत नगद लाभांश दिने भएको छ । बिहीवार काठमाडौंमा आयोजित कम्पनीको ४४औं वार्षिक साधारणसभाले उक्त लाभांश प्रस्ताव पारित गरेको हो ।

 

२०१९ को अक्टोबर ३१ सम्ममा होटेलको कुल आम्दानी रू. ५१ करोड ५४ लाख ५४ हजार रहेको छ । गत वर्ष कम्पनीले रू. ३ करोड ७९ लाख ६९ हजार आम्दानी गरेको थियो । उक्त साधारणसभामा कम्पनीले पेश गरेको आर्थिक विवरणअनुसार २०१८ अक्टुबर ३१ सम्म होटलका २ सय २८ कोठाको अकुपेन्सी ५९ दशमलव ३७ प्रतिशत रहेको छ । गत वर्षको यस अवधिमा १ सय १७ कोठा सञ्चालनमा थिए । त्यसबेला कोठाहरूको अकुपेन्सी ८१ दशमलव ०१ प्रतिशतसम्म पुगेको थियो ।

होटलका २ सय २८ कोठाहरूको औसत मूल्य पनि बढेको छ । कार्यक्रममा कम्पनीका कार्यकारी अध्यक्ष दिनेशबहादुर विष्टले कम्पनीले अन्य क्षेत्रमा पनि होटल तथा रिसोर्ट विस्तार गर्ने तयारी गरेको बताए । उनले गत वर्ष नाफामा कमी आएको स्वीकार गर्दै यसलाई सुधार गरिने जानकारी दिए । कार्यक्रममा शेयरधनीले होटलमा नेपाली जीएम राख्न सुझाव दिएका थिए । त्यसको प्रत्युत्तर दिँदै अध्यक्ष विष्टले नेपालका चेन होटलमा अन्तरराष्ट्रिय स्तरकै जीएम राखेको तर्क दिए ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.