तारे होटलको संख्या एक सय २९ पुग्यो

Everest Fuji News २०७५ पुष ७ मा प्रकाशित       Published at 2018 Dec 22


नेपालमा तारे होटलरुको संख्या एक सय २९ पुगेको छ।

गत आर्थिक वर्षसम्म एक सय २५ तारे होटल रहेकोमा चालु आर्थिक वर्षको चार महिनामा चार वटा थपिएर यो संख्या एक सय २९ पुगेको पर्यटन विभागले जानकारी दिएको छ।

गत आर्थिक वर्षमा पर्यटक स्तरका होटल ४ सय ९३ र होमस्टे २ सय ५२ रहेका थिए। आर्थिक वर्ष २०७५/७६ को ४ महिनामा पर्यटक स्तरका होटल ८ वटा थप भएको छ। तर होमस्टेको संख्यामा भने वृद्धि भएको देखिदैन।

विभागको तथ्याङ्क अनुसार हालसम्म होटल र होमस्टेको संख्या ८ सय ८१ पुगेको छ। दर्ता भएका होटल तथा होमस्टेको तथ्याङ्क हेर्दा कम देखिए पनि दर्ता नभएका धेरै होटल रहेको विभागका मानिर्देशक डण्डुराज घिमिरे बताउँछन्।

विभागले केन्द्रमा दर्ता भएका होटल, रिसोर्ट तथा होमस्टेका मात्र तथ्याङ्क राख्ने गरेको छ। केन्द्रका साथै जिल्लामा समेत होटल दर्ता हुने हुँदा एकिन तथ्याङ्क भने पाइँदैन।

पर्यटन विभागको पछिल्लो तथ्यांक अनुसार हाल नेपालमा १ हजार २ सयभन्दा बढी होटल तथा रेष्टुराँ सञ्चालनमा आएका छन्।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.