अमेरिकामा रहेको एउटा भूमिगत गाउँ जहाँ पर्यटकको ओइरो लाग्छ

Everest Fuji News २०७५ पुष ७ मा प्रकाशित       Published at 2018 Dec 22


काठमाडौं । दुनियाँमा रहेका केही भूमिगत होटल तथा रिसोर्टमा रात बिताउन मानिस लाखौं खर्च गर्न तयार हुन्छन् । तर, अमेरिकामा रहेको एउटा भूमिगत गाउँबारे भने धेरैलाई थाहा छैन । जहाँ वर्षेनी लाखौं पर्यटक पुग्छन् । कस्तो छ त त्यो गाउँ ?

अमेरिकाको प्रसिद्ध ग्राण्ड क्यानोन नजिकैको हवासू क्यानोनस्थित सुपाई नामको यो भूमिगत गाउँ जमिनभन्दा ३ हजार फिट तल छ । गाउँ हेर्न मात्रै वर्षमा ५५ लाख पर्यटक यहाँ आउँछन् । हवासू क्यानोन नजिकै रहेको एउटा गहिरो खाडीमा पर्छ यो गाउँ । ‘रेड इण्डियन’ जातिका मानिस बसोबास गर्ने यो गाउँको जनसंख्या भने २ सय ८ जना मात्रै छ ।

बाहिरी आधुनिक दुनियाँबाट अलग्गिएको यो गाउँमा आवागमनका साधन पनि निकै सीमित छ । पैदल वा खच्चडमा चढेर जानु बाहेकको विकल्प छैन । यो गाउँमा अहिलेसम्म चिठीपत्र तथा माल वा समानको ढुवानी र आदान–प्रदान खच्चडमा गरिन्छ ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.