नेपालको पर्यटन प्रवर्द्धनमा सघाउने चीनको प्रतिवद्धता
Everest Fuji News२०७५ कार्तिक २७ मा प्रकाशितPublished at 2018 Nov 13
कात्तिक २७, २०७५ काठमाडौंः चीनले नेपालको पर्यटन प्रवद्र्धनमा आवश्यक लगानी गर्ने प्रतिवद्धता जनाएको छ। नेपाल भ्रमणमा रहेका चिनियाँ संस्कृति तथा पर्यटनमन्त्री ल्यू शुगांगले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीसँग भेटगरी नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनमा आवश्यक लगानी गर्ने प्रतिवद्धता व्यक्त गरे।
सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा भएको भेटमा चिनियाँ पर्यटन प्रवद्र्धनका लागि आवश्यक वातावरण बनाउन पनि चिनियाँ संस्कृति तथा पर्यटन मन्त्री शुगांगले नेपाल सरकारसँग आग्रह गरे। पर्यटन भ्रमण वर्ष २०२० लाई सफल बनाउन पनि चिनियाँ मन्त्री गुगांगले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अधिकारीले जानकारी दिए। उनले चीन नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न इच्छुक रहेको पनि स्पष्ट पारे। काठमाडौंमा आयोजित चिनियाँ महोत्सवमा भाग लिन नेपाल आएका चिनियाँ संस्कृति तथा पर्यटन मन्त्री शुगांग र नेपाली समकक्षी अधिकारीबीच दुई पक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विविध विषमया पनि छलफल भएको संस्कृति, पर्यटन तथा तथा नागरिक उडड्यन मन्त्रालयले जनाएको छ। मन्त्रीस्तरीय भेटवार्तामा नेपालका लागि चिनियाँ राजदुत यू होङको पनि उपस्थिति रहेको थियो।