पर्यटकका अाँखामा राराका तस्बिर ..

Everest Fuji News २०७५ कार्तिक १७ मा प्रकाशित       Published at 2018 Nov 03


मुगु– मुगु जिल्ला स्थित नेपालको ठूलो र सुन्दर ताल रारा हेर्न हिजो आज आन्तरिक पर्यटकहरुको अत्यधिक चाप बढदै जान थालेको छ।

कच्ची भए पनि मुगु सदरमुकाम सडक सञ्जाल संग जोडिएको र ताल्च विमानस्थल पनि कालो पत्रे भए पछि यातायातमा केहि सहजता आएकाले रारा हेर्नेको संख्या दिन प्रति दिन बढन थालेको छ।

जैविक विविधता युक्त र प्राकृतिक सुन्दरताले भरिपूर्ण रारा हेर्ने स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गरेका छन्। तर, उक्त क्षेत्रमा धेरै सुविधा सम्पन्न होटल छैनन्। डाँफे र भिलेज हेरिटेज दुइटामात्र होटल भएकाले थुप्रै पाहुना आएको अवस्थामा आवश्यक सुविधा दिन कठिन हुने उक्त क्षेत्रमा टेन्ट राखेर बस्ने गरिएको छ।

सिङ्गो ताल एकै पटक क्यामरामा कैद गर्नको लागि करिब ३ घण्टा टाढा उत्तर पश्चिममा रहेको मुर्मा ठाना अर्थात मुर्माटप पुग्नै पर्ने हुन्छ। जहाँबाट रारा एकै नजरमा आँखामा अटाउँछ।

हिउँद होस् वा वर्षा कुनै पनि सिजनमा राराको सुन्दरतामा कमी हुदैन। हिउँदमा चाँदी झैं टल्कने हिउँ अनि वर्षामा रंगी विरंगी फूलहरुले राराको सुन्दरता झनै बढेको हुन्छ।

पर्यटकहरु कोही डुङ्गा सयरमा मस्त छन् त कोही सेल्फी खिच्नमै व्यस्त देखिन्छन्। खास गरेर रारामा दुई थरि पर्यटक भेटिने गरेका छन्। कोही रारामा पुगेर रमाइलो गर्ने त कोही विशुद्ध राराको प्राकृतिकपनको रस्वा‐स्वाधन गर्ने भेटिन्छन्।

दशैं, तिहार, नयाँ वर्ष र होली जस्ता पर्वमा रारा हेर्न जानेको संख्या अत्यधिक बढेर जान थालेको छ। भर्खर कर्णाली पर्यटन वर्षको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले रारामै बैठक गरेपछि यसको आन्तरिम प्रचार तीव्र भएको छ।

प्रकृतिको मनोरम छटाले साहित्य सिर्जना गर्ने लेखकदेखि प्रकृतिमा रम्म घुमन्तेसम्मले राराले लोभ्याउने गरेको छ। बिहान र साँझमा राराको सौन्दर्य झनै मनोमोहन हुने गर्दछ।

 


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.