गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अबको १० महिनाभित्र सञ्चालनमा : मन्त्री अधिकारी

Everest Fuji News २०७५ कार्तिक ६ मा प्रकाशित       Published at 2018 Oct 23


काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अबको १० महिनाभित्र सञ्चालनमा आउने दाबी गरेका छन् ।

लुम्बिनी विकास कोषसँगको सहकार्यमा साझा यातायातले मंगलबारदेखि सञ्चालनमा ल्याउन लागेको बिजुली बसको उद्घाटन कार्यक्रममा मन्त्री अधिकारीले अबको ६ महिना भित्र विमानस्थलको धावनमार्ग निर्माण सम्पन्न गरी १० महिनाभित्र सञ्चालनमा ल्याउने दाबी गरेका हुन् ।

उनले केपी ओली नेतृत्वको अहिलेको सरकार आएपछि विमानस्थल निर्माणसहितका कामले तीव्रता पाएको दाबी गर्दै आफूले जिम्मेवारी सम्हाले यता विमानस्थलको २५ प्रतिशत काम सकिएको बताए।

उनले वातावरण प्रभाव नपर्ने गरी वा कम भन्दा कम प्रभाव हुने गरी काम भइरहेको बताए । त्यहाँ पनि बिजुली बस र रिक्सालाई प्राथमिकता दिने मन्त्री अधिकारीको भनाई छ । ऐतिहासिक महत्वका सम्पदा क्षेत्रमा जाँदा वातावरणमैत्री सवारीलाई प्राथमिकतामा राखिने उनले बताए ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.