सिलवाल विश्वका उत्कृष्ट सय गाइडको सूचीमा

Everest Fuji News २०७४ चैत्र ९ मा प्रकाशित       Published at 2018 Mar 23


काठमाडौं ,८ चैत । पत्रकार र लेखकको रुपमा आफुलाई स्थापित गराई सकेका अशोक सिलवाल संसारका ‘टप हन्ड्रेड गाइड’को सूचीमा पर्न सफल भएका छन। संसारभरका यात्री र टुर गाइडलाई जोड्ने अनलाइन पोर्टल टुरएचक्यूले उनलाई टप १०० को सूचिमा ७० औ स्थानमा राखेको छ। टुरएचक्यूले गाइड लिएर घुम्ने पर्यटकहरुले दिएको प्रतिक्रियाका आधारमा उक्त पोर्टलले संसारभरका २६ हजारभन्दा बढी सक्रिय गाइडमध्येबाट उत्कृष्ट १०० को सूची तयार पारेको हो।सिंगापुरस्थित उत्त संस्थाले पर्यटकलाई अविश्वसनीय अनुभव दिलाएको भन्दै सिलवाललाई ग्लोबल टुर गाइड अवार्ड २०१८’ समेत प्रदान गरिएकाे छ। भूकम्पपछि मानवविहीन बनेको लाङटाङमा पत्रकारको रुपमा सबैभन्दा पहिले पैदलै पुगेर उनले त्यहाँको अवस्था समेटिएका दुई वृत्तचित्र घर फर्किरहेका मान्छे र वेकिङ एन्ड वाकिङ तयार गरेका थिए। पर्यटकको प्रमुख गन्त्वयको रुपमा रहेको लाङटाङको वास्ताविकता जनसमक्ष ल्याउन भूमिका खेलेका सिलवाललाई लाङटाङ मेनेजमेन्ट एन्ड रिकन्सट्रक्सन कमिटीले लाङटाङ सद्भावना दूत समेत बनाएको छ। नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल मेनेजमेन्ट नाथमका गाइडिङ इन्सट्रक्टर सिलवाल पछिल्लो तीन वर्षको गाइडिङ करिअरमा ६० भन्दा बढी देशका पर्यटकलाई नेपालका बिभिन्न पर्यटकिय क्षेत्रमा लगेर घुमाइ सकेका छन। मुलुकको पर्यटकीय क्षेत्रको उत्थान र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेका सिलवाल ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल टान लगायत बिभिन्न संघ संस्थाबाट सम्मानित भई सकेका छन । ‘टप हन्ड्रेड गाइड’को सूचीमा पर्न सफल भएका सिलवालले नेपापलको पर्यटन क्षेत्रको बिकासका लागि आफु अझ सक्रिय भएर लाग्ने बताएका छन ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.