रारा र समग्र कर्णालीको पर्यटकीय सम्भावनाबारे रारातालमा युवा भेला गरिदै

Everest Fuji News २०७४ फाल्गुन १४ मा प्रकाशित       Published at 2018 Feb 26


मुगु । प्रकृतिको अमूल्य उपहार मानिएको कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य मानिएको रारामा यूवा भेला हुने भएको छ । ‘यूवालाई पर्यटन पूर्वधारमा अग्रसर गराई, कर्णाली अञ्चलको भौगोलिक सांस्कृतिक बिविधतालाई उजागार गरौं’ भन्ने नाराका साथ फागुन १७ देखि १९ गतेसम्म रारा तालको हुटुमा युवा भेला आयोजना गरिएको हो । न्यू रारा पर्यटन बिकास केन्द्र मुगुको आयोजना र लियो डिष्टिक काउन्सिल ३२५ बी टु नेपालको संयूक्त आर्थिक सहयोगमा रारामा युवाहरु भेला हुन लागेका हुन् । कर्णाली प्रदेशमा रहेका पर्यटकीय पूवधारहरुको बिकासमा यूवाहरुलाई अगसर गरी बेराजगारबाट मुक्ति दिलाउने,कर्णाली अञ्चल भित्र रहेको सांस्कृतिक कलाहरुको संरक्षण गर्ने, आन्तरिक तथा वाह्य पर्यटनहरुलाई कर्णाली अञ्चल भित्र्याउने रारा ,चङ्गखेली हिमाल लगायत विविध पक्षको व्यापक प्रचारप्रसार गर्ने उद्देश्यले रारामा यूवा भेलाको आयोजना गर्न लागिएको न्यू रारा पर्यटन बिकास केन्द्रका अध्यक्ष हरिबहादुर बुढा रावलले जानकारी दिनुभयो । अध्यक्ष रावलका अनुसार भेलामा लियो डिष्टिक काउन्सील ३२५ बी टुको नेपालका सदस्यहरु र जिल्लामा रहेका स्थानीय जनप्रतिनिधिहरुबीच रारा तालको संरक्षण तथा प्रवद्र्धन मुगु जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्र,स्थानीय सांस्कृतिक कलाहरुको संरक्षण तथा पहिचान बारे अन्र्तक्रिया कार्याक्रम समेत गरिने छ । तीन दिन सम्म संचालन हुने यूवा भेलामा लियो डिष्टिक काउन्सील ३२५ बी टु नेपालबाट ८० जना सहभागी हुने र जिल्लाका स्थानीय तहका प्रतिनिधि सरोकारवाला निकायहरुको सहभागिता रहने न्यू रारा पर्यटन विकास केन्द्र मुगुका सचिव कुष्णबहादुर बि.कले जानकारी दिनुभयो । कुल २ सय बढी युवाहरु भेला हुने उक्त अन्र्तक्रिया कार्यक्रम प्रभावकारी बन्ने अपेक्षा गरिएको छ । रहस्य र आकर्षणको कुण्ड मानिएको राराले विश्वका सौन्द्धर्य र प्रकृतिप्रेमीहरुलाई लोभ्याएपनि यस्को ठोस विकासमा राज्यले कुनै कदम चाल्न सकेको छैन ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.