चीनको पर्यटन आम्दानी ५४ खर्ब युआन

Everest Fuji News २०७४ माघ २५ मा प्रकाशित       Published at 2018 Feb 08


पेचिङ (चीन) । सन् २०१७ मा चीनको पर्यटन क्षेत्रको आम्दानीमा उच्च वृद्घि भएको छ । सो अवधिमा पर्यटन क्षेत्रबाट ५४ खर्ब युआन आम्दानी भएको चाइना टुरिजम एकेडेमीले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । सन् २०१६ को तुलनामा यो १५ दशमलव १ प्रतिशत धेरै हो । तथ्याङ्कअनुसार सो अवधिमा चिनियाँ पर्यटकले ५ अर्ब आन्तरिक ट्रिप गरेका छन् र विदेशी ट्रिपको सङ्ख्या पनि १३ करोड १० लाख रहेको छ । सन् २०१६ को तुलनामा आन्तरिक र विदेशी ट्रिप क्रमशः १२ दशमलव ८ प्रतिशत र ७ प्रतिशत धेरै भएको एकेडेमीले बताएको छ । त्यस्तै, गतवर्ष चीनमा विदेशी पर्यटकले १३ करोड ९० लाख ओटा ट्रिप गरेका थिए । यो अघिल्लो वर्षको तुलनामा शून्य दशमलव ८ प्रतिशत बढी हो । यसमा अधिकांश ट्रिप एशियाली राष्ट्रबाट भएको बताइएको छ । गतवर्ष पर्यटन क्षेत्रले ८ करोडको रोजगारी सृजना गरेको थियो । यसले आर्थिक उत्पादनमा ११ प्रतिशत र कुल गार्हस्थ्य उत्पादनमा ९ दशमलव १३ ट्रिलियन युआनको योगदान दिएको बताइएको छ । रासस/सिन्हवा


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.