टाेक्याेमा हुन गईरहेकाे नेपाल फ़ेस्टिवल र जापानबासी नेपालीहरुकाे भूमिका

Everest Fuji News २०७३ श्रावण १६ मा प्रकाशित       Published at 2016 Jul 31


image फुर्वा शेर्पा नेपाल र जापानबीच सम्बन्ध स्थापित भएकाे ६ दशक पुरा भइ सकेकाे छ । "अतिथि देवाे भव "भन्ने आकर्षक नाराका साथआगामी अगस्त ६र ७ तारिखका दिन राजधानी टाेक्याेमा हुन गईरहेकाे दुइ दिवसीय कार्यक्रम सफल बनाउन ग़ैर आवसिय नेपाली संघ NRNAजापान अहिले प्रचार प्रसारमा लागि परिरहेकाे छ । नेपाल स्थित परराष्ट्र मन्त्रालय र नेपाली राजदुतावासको बिषेश सहयोग तथा गैरआवासिय नेपाली सघं जापानको आयोजनामा हुने याे महाेत्सव अत्यन्त महत्वपूर्ण छ । नेपाल फेस्टिवललाई जापानबासी हामी सबै नेपालीहरुले आ-आफ्नाे क्षेत्रबाट प्रचारप्रसार गरी कार्यक्रम सफल बनाउनु सबै सच्चा नेपालीहरुकाे दायित्व र महत्वपूर्ण भूमिका रहन्छ ।जापानमा रहेका राजनैतिक दल,संघसंस्थाहरु,जातिय संस्था,ब्यापारी ,बिध्यार्थी ,महिला समुह र पत्रकार लगायत सबैले प्रचार प्रसारमा सहयाेग गर्नु आवस्यकता छ ।नेपाल फ़ेस्टिवललाई आैपचारिकता केन्द्रित नभएर सबै मिलेर परिणात्मक ,उपलब्धिमुलक साथै नेपाल जापानकाे दिगाे सम्बन्ध स्थापनार्थ केन्द्रित हुनु पर्दछ । imageयाे एउटा ठुलाे महाेत्सव भएकाले जापानमा भइरहने सांस्कृतिक र सांगितिक कार्यक्रमकाे रुपमा लिनु हुदैन ।याे महाेत्सबमा हाम्राे माैलिक संस्कार ,संस्कृति,भेषभुषा,र पहिचानलाइ प्रस्तुत गरी पर्यटन प्रबर्धनमा टेवा पुर्याउनु पर्दछ । वास्तावमा NRNAआफ्नै उद्देश्य र कार्यबिधि बाेकेकाे संस्था हाे ।तैपनि कार्यक्रम समग्र नेपाल र नेपालीकाे हितमा संचालन गर्न गईरहेकाे हुदा जापानबासी नेपाली हरुले राजनैतिक प्रतिशाेधकाे भावना लिएर असहयोग पुग्ने चेष्ठा कदापि गर्नु हुदैन र आयाेजना संस्थाले समेत सबै राजनैतिक दल ,संधसंस्थाहरुलाइ समान प्रतिनिधित्व गराइ कार्यक्रम भव्य र सब्य बनाउनु पर्दछ ।महाेत्सबले पछिल्लाे समय नेपाल र भारतबीच चिसिएकाे सम्बन्ध ,नाकाबन्धीकाे असर ,नेपाली राजनीति मा दिनहु हुने अराजकता ,अनियमितता ,अस्थिर सरकार जसका कारण नेपाल र नेपाली प्रतिकाे भ्रम र आशंकालाइ हटाउन सकारात्मक शन्देश दिई जापनीहरुकाे मानसपटलमा सकारात्मक परिबर्तन ल्याउनु आवस्यकता छ । महाेत्सबमा जापानका उच्च आेहदाका ब्यक्तिहरुलाइ आमन्त्रण गरी बुद्ध नेपालकाे कपिलबस्तुमा जन्म भएकाे सबुत आधार देखाइ बुद्ध काे जन्मस्थान बारे भारतले फैलाएकाे भ्रमलाई हटाउनु पर्दछ ।साथै जापानकाे बिध्यालय स्तरका पाठ्यक्रमहरुमा साेहि जानकारी समावेश गराउन पहल गर्नु पर्दछ यति मात्र हैन यहांकाे पाठ्क्रममा समाबेश नभएका नेपालका महत्वपूर्ण पर्यटकीय स्थान,एतिहासिक ठाउँहरुपनि समाबेश गर्न सके नेपालकाे दिगाे पर्यटन बिकासमा सहयाेग पुगिन्छ । आयाेजक संस्था NRNAले आगामी बर्षहरुमा बुद्ध जयन्तीकाे अवसर पारी नेपाल फ़ेस्टिवल महाेत्सव आयाेजना गर्नु पर्दछ ।यसाे गर्न सकेमा बुद्दकाे देश नेपाल भनेर चिनिनुका साथै कार्यक्रम सफल बनाउन सजिलाे हुन्छ ।कार्यक्रम वा महाेत्सव पश्चात प्राप्त आम्दनी /रकमलाइ नेपालकाे पर्यटन प्रबर्धन र बिकास गर्न सरकारी ग़ैरसरकारी संस्थासंग सहकार्य गरी त्यस क्षेत्रकाे बिकास तर्फ समेत ध्यान दिनु त्यति नै आवस्यकता छ । नेपाल फेस्टिवललाई अझ ब्यापक उपलब्धिमुलक बनाउन आगामी बर्षदेखि जापानी संघसंस्था निकाय संघ जापानकाे कला संस्कृति,कृषि ,बिकास र प्रबिधिहरुकाे प्रदर्शनी का लागि अनुराेध गरी संयुक्त सहभागितामा महाेत्सव आयाेजना गर्न सके उनीहरुबाट केही सीप र ज्ञान सिकेर स्वदेशमा हामीले साेहि ज्ञान सीप लागु गर्न सकिन्छ । अन्तमा नेपाल फ़ेस्टिवल नारालाइ सार्थक बनाउन सबै एक जुट हाेआै ।अतिथिहरुकाे सत्कार गरी शान्त साैहार्द पुर्ण रुपमा महाेत्सव सफल पाराै । लेखक: फाेनिज शाखा ,जापानका महासचिव हुनहुन्छ। image


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.