Everest Fuji News२०७४ मंसिर १७ मा प्रकाशितPublished at 2017 Dec 03
काठमाडौं, मंसिर १७– काठमाडौंको न्यूनतम तापक्रम आइतबार केही बढेको छ । शनिबार ५ दशमलव ६ डिग्रीमा झरेको तापक्रम शनिबार भने केही बढेर ६ डिग्रीमा पुगेको मौसमविदले बताएका छन् ।
अब बाक्लो हिमपातको सम्भावना रहेकाले चिसो बढ्दै जाने मौसमविद् विभूति पोखरेलले बताउनुभयो । उहाँका अनुसार यो हप्ता पर्वतारोहणमा जानेहरुले विशेष ख्याल गर्नु पर्दछ ।
एक दुई दिनमा बाक्लो हिमपात र वर्षाको सम्भावना रहेकोले सकेसम्म हिमाल आरोहणमा नजान उहाँको सुझाव छ ।